अन्तैवाट

पियनले चलाउँछिन् कक्षा

काठमाडौं ९ माघ/कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी (पियन) ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालय सहयोगी मनमाया माझी बालबालिकाका लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारीसमेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा प...

पेलाइमा विद्यार्थी

काठमाडौं ९ माघ/राजनीतिक दलदेखि विभिन्न संघसंस्थासम्मले सार्वजनिक कार्यक्रमका लागि विद्यालय प्रांगण नै रोज्दा विद्यार्थीको पढाइ सधैं बिथोलिने गरेको छ। हरेक संघसंस्था र दलले समाजमा आफ्नो उपस्थिति देखाउन केही न केही कार्यक्रम गरिरहेका हुन्छन्। अन्य सार्वजनिक स्थल अभावमा उनीहरूले स्कुलकै चौरलाई कार्यक्र...

स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार

काठमाडौं ९ माघ/आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन...

स्ववियु निर्वाचनका विषयमा नेविसंघभित्रै विवाद

काठमाडौं ८ माघ/कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रै स्ववियू निर्वाचनलाई लिएर विवाद देखिएको छ । नेविसंघ अध्यक्ष नैनसिंह महरपक्षीय संस्थापन पक्षले त्रिभुवन विश्व विद्यालयले लगाएको २८ बर्षे उमेर हद हटाएर मात्रै निर्वाचनमा जानु पर्ने अडान लिएको छ । तर, महामन्त्री कुन्दन राज काफ्ले समूहले...

२४ विद्यार्थी मारिएपछि विद्यालयलाई कारबाही

काठमाडौं ८ माघ/भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार बिहान विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनामा परी जेएस पब्लिक स्कुलका केही बालबालिका घाइते भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छ...

सडकमा नि:शुल्क ट्युसन

काठमाडौं ८ माघ/आफूले एसएलसीभन्दा बढी पढ्न पाएनन् । पढ्ने चाहना नभएर होइन, आर्थिक अवस्थाले दिएन । पैसा नभएर पढ्न नपाउँदाको पीडा कस्तो हुन्छ चन्द्र भण्डारीलाई राम्रोसँग थाहा छ । आफूले जस्तै पीडा अरूले भोग्नु नपरोस् भन्ने सोचले उनलाई घचघच्यायो । निम्न आय भएका परिवारका केटाकेटीलाई उनले खुला स्थानमै ट्यु...

अध्ययन अनुमति दिन सरकारको सर्त

काठमाडौं ८ माघ/बंगलादेश दूतावासले एमबीबीएस छात्रवृत्ति कोटा अर्को वर्षदेखि नेपाल सरकारलाई उपलब्ध गराउने सुनिश्चित गरेमात्रै यस वर्ष दूतावासबाट छानिएका २२ जनालाई शिक्षा मन्त्रालयले अध्ययन अनुमति पत्र दिने भएको छ । नेपाललाई उपलब्ध गराएको सार्क छात्रवृत्तिमा बंगलादेश दूतावास आफैंले २२ विद्यार्थी छनोट ग...

एक शिक्षक, ८३ विद्यार्थी

काठमाडौं ७ माघ/नुवाकोटको रानीपौवास्थित भवानी माविमा प्रारम्भिक बालविकासदेखि १२ कक्षा सम्म ८ सय ८३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ जना शिक्षक दरबन्दी छ। आधारभूत तहमा १० र मावि तहमा ४ शिक्षक छन्। मावि तहमा अनिवार्य र ऐच्छिक गरी ८ विषय पढाइ हुन्छ। चार शिक्षकले मावि तहका तीन सय ३७ विद्यार्थील...

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक

काठमाडौं ७ माघ/ शैक्षिक गुणस्तर वृद्धिका अनेक प्रयत्न सफल नभएपछि शिक्षा मन्त्रालय प्रधानाध्यापकलाई जवाफदेही बनाउने निष्कर्षमा पुगेको छ । खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट हुने र सम्झौताअनुरूप नतिजा दिन नसके हटाउने व्यवस्था गर्न लागिएको हो । त्यसका लागि प्रधानाध्यापकको छुट्टै दरबन्दी रहनेछ ।...

जारी भयो समावेशी शिक्षा नीति

काठमाडौं ७ माघ/शिक्षा मन्त्रालयले ‘अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३’ पारित गरेको छ । विशेष शिक्षा नीति, २०५३ खारेज गरी नयाँ नीति जारी गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले बताएका छन् । विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०६० चाहिँ यथावत् छ । &lsquo...

कानूनविपरीत टेस्ट परीक्षा

काठमाडौं ७ माघ/विद्यालयमा ७५ प्रतिशत हाजिर भएका  विद्यार्थीलाई स्वतः वार्षिक परीक्षामा सहभागी हुन दिनुपर्ने व्यवस्था लत्याउँदै निजी विद्यालय सञ्चालकले कक्षा दसका विद्यार्थीलाई टेस्ट परीक्षा लिएका छन् । कक्षा दसको अन्त्यमा परीक्षा नियन्त्रण कार्यालमार्फत् स्कुल एजुकेशन एक्ज्यामिनेशन(एसईई) लिने...

उपकुलपति अझै छानिएन

काठमाडौं ६ माघ/ काठमाडौं विश्वविद्यालय (केयू) उपकुलपतिविहीन भएको बुधबार ३८ दिन भयो । उपकुलपति सिफारिस समितिले विश्वविद्यालय ऐनविपरीत पाँच जनाको नाम सिफारिस गरेको पनि दुई साता भइसक्यो । यति लामो समयसम्म केयू कहिल्यै उपकुलपतिविहीन भएको थिएन । रामकण्ठ माकाजुको चारवर्षे कार्यकाल मंसिर २६ मा सकिनुअघि नै...

विद्यालय पुनर्निर्माणमा ढिलाइ

काठमाडौं ६ माघ/ भूकम्पमा भत्किएका विद्यालय पुनर्निर्माणमा शिक्षा मन्त्रालय र आयोजना कार्यान्वयन इकाइबीच समन्वय नहुँदा समस्या भएको छ । भवन निर्माणमा ढिलाइ हुँदा भूकम्पपीडित बालबालिकाको पढाइ पनि प्रभावित भएको छ । विद्यालय भवन तीन वर्षभित्र बनाइसक्ने योजना छ । तर, अहिलेसम्म कति भवन बने भन्ने विवरण श...

सामुदायिक स्कुल अब्बल

काठमाडौं ६ माघ/ बाराको निजगढ ८ स्थित गौरीशंकर उच्च माविमा तीन वर्षअघि १ हजार ५ सय विद्यार्थी थिए । अहिले २ हजार पुगेका छन् । चापका कारण विद्यालयले यस वर्ष दुई दिन मात्र भर्ना खुलायो । दुई दिनमा कुल विद्यार्थीको ३० प्रतिशत वीरगन्ज, धनुषा, रौतहट, सर्लाही र जिल्लाकै दक्षिणी भेगबाट भर्ना हुन आए । बाँकी...

छोरालाई बार्डिङमा, छोरीलाई सरकारीमा

काठमाडौं ६ माघ/तराई क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना गरिँदा लैंगिक विभेद हुने गरेको छ । विद्यालय भर्नाका क्रममा नै बालिकालाई निजी अंग्रेजी विद्यालयमा भर्ना गर्ने गरिएको पाइएको छ । छोरीलाई विवाहमा दाइजो दिनुपर्ने र छोरोले दाइजो पाउने भएकोले छोरीलाई कम खर्च लाग्ने सरकारी विद्यालयमा भर्ना गर्ने...