Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

दरबार हाइस्कुलको बल्ल बन्यो डिजाइन

शुक्रबार, ०९ असार २०७४

काठमाडौं ९ असार/ भूकम्पले भत्काएको नेपालको पहिलो दरबार हाइस्कुलको दुई वर्षपछि बल्ल डिजाइन बनेको छ । सो स्कुल भवनको पुरानै आकृतिमा सिमेन्ट र रड प्रयोग गरिने भएको छ ।

चिनियाँ दूतावासलले प्रिमिलिनरी डिजाइन शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, राष्ट्रिय पूनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिकालाई बुधबार प्रस्तुत गरेको हो । केन्द्रीय आयोजना एकाइमा प्रमुख इमनारायण श्रेष्ठले दूताबासले प्रस्तुत गरेको डिजाइनमा लगभग सबैको सहमति रहेको बताए । श्रेष्ठका अनुसार अब बन्ने दरबार हाइस्कुल चारतले हुने र ३५ वटा कोठा हुनेछन् । सो भवन दरबार हाइस्कुल र संस्कृत माविले प्रयोग गर्ने बताए । भनवमा दुई विद्यालयका लागि दुईवटा गेट रहने व्यवस्था गरिएको छ ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया