Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति : शिक्षा ऐनमा संसोधन गर्ने प्रक्रिया अघि बढाउने

शुक्रबार, ०९ असार २०७४

काठमाडौं– असार २ गतेदेखि अनशनरत अस्थायी शिक्षकको आन्दोलन सकिएको छ ।

सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐनको आठौं संसोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संसोधन गर्ने प्रक्रिया तत्काल अघि बढाउने, २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ सम्मको कूल रिक्त दरबन्दीको उनन्चास प्रतिशतमा आन्तरिक र एकाउन्न प्रतिशतमा खुला विज्ञापन गर्ने विषयका सम्बन्धमा आन्तरिक तर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गर्नका लागि थप गृहकार्य गर्न शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनीधि रहने गरी एघार सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलको समायावधि १५ दिनको हुने  र शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षा लगायतका विषयलाई थप गृहकार्य गर्नेलगायतका विषयमा आन्दोलनरत अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीच आज सहमति भएपछि आन्दोलन सकिएको हो । सहमतिगै अस्थायी शिक्षकका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएका छन् ।

चारबुँदे मागका साथ आमरण अनशनमा बसेका अस्थायी शिक्षकले असार ९ गते दिनको ४ बजेदेखि अनसन लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको छ ।
सहमति पत्रमा आन्दोलनरत शिक्षकका तर्फबाट हेमनाथ चौंलागाई, विन्दाकुमार दास चौधरी, कुमोदकुमार कर्ण, सुरेन्द्र अधिकारी, भरत गिरी, शिवप्रसाद अधिकारी, मोहनबाबु सापकोटा र ज्योति नारायण ढकाल, नेपाल शिक्षक महासंघको तर्फबाट महासंघका अध्यक्ष केशब निरौला, सहअध्यक्ष रत्न ओली, पदेन सदस्य बाबुराम थापा, भोला सापकोटा, विष्णु पाण्डे, रमेश रुपाखेती, कोषाध्यक्ष लछिराम शर्मा ढकाल तथा शिक्षा मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र निर्देशक केशव दाहालले हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया