Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

प्रवेश परीक्षामा चर्को शुल्क

आइतबार, ११ असार २०७४

काठमाडौं ११ असार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभिटी)ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एकहजार ५ सय रुपियाँ उठाइरहेको छ ।

प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आर्कर्षित गर्नुपर्नेमा सिटीइभिटीले यस शैक्षिक सत्रका लागि गत वर्षभन्दा ५ सय रुपैंया बढाएर फारम बिक्री गरिरहेको छ । साधारणतर्फको ११ कक्षामा भर्ना ए सय २५ रुपैंया लिइरहेको छ भने प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपियाँ तिर्नुपर्छ ।

सर्वोच्च अदालतले २०६९ जेठ १०मा प्रवेश परीक्षा फाराको २५ रुपियाँ र परीक्षा दस्तुर एसय रुपियाँभन्दा बढी लिन नपाउने व्यवस्था गर्न आदेश गरेको थियो । निजी विद्यालयले चर्को प्रवेश परीक्षा फारम शुल्क लिएको भन्दै परेको रिटमा न्यायाधिश ताहिर अलि अन्सारी र वैधनाथ उपाध्यायको संयुक्त इजलासले  यस्तो आदेश दिएको थियो । आदेशमा प्रवेश परीक्षा भनेर स्पष्ट उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया