Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

आजबाट १४ गतेसम्म शिक्षण संस्था बन्द

आइतबार, ११ असार २०७४

काठमाडौ– दोस्रो चरणको निर्वाचन तय भएका प्रदेशहरुका सबै शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको छ । असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ मा रहेका स्कुल, कलेज तथा अन्य शिक्षण संस्थाहरु चार दिनका लािग बन्द गरिएका हुन् ।

ती प्रदेशका अधिकांश विद्यालय र क्याम्पसहरु नै मतदान केन्द्र भएकाले विद्यालय बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।

असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरिसकेको छ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

 

प्रतिक्रिया