Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

कक्षा ११ भर्ना सम्बन्धि आधार, अपूरो सूचनामा पनिकाको ध्यानाकर्षण

सोमबार, १२ असार २०७४

भक्तपुर - कक्षा ११ मा भर्ना हुने मापदण्डका बारेमा सोमबार प्रकाशित केही खबरहरुमा अपूरो सूचना आएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले १.६ जीपिए संगै तोकिएका विषयमा डी प्लस ल्याउनुपर्ने साबिक निर्णय कायमै रहेको बताए । 

न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् रहेको उनले बताए । आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने प्रावधान हटाइएको छ ।

यस्तै अर्थशास्त्र, शिक्षा, अङ्ग्रेजी, नेपाली, गणित, भूगोल, लेखा आदि र प्राविधिक विषय पढ्न न्यूनतम जिपिए १.६ ल्याउने विद्यार्थीले कक्षा ११ भर्ना हुन पाउनेछन् ।

गत असार ५ गतेको निर्णय सबै माध्यमिक विद्यालयहरूलाई पठाईसकिएको र उक्त सूचनालाई आधार मानी सोही अनुसार गर्न भनिसकिएकोले कुनै द्धिविधा नहुन गौतमले आग्रह गरेका छन् ।

विद्याार्थी भर्ना सम्बन्धी आधार :

* भर्नाको आधार सम्बन्धमा यस अघि प्रकाशित खबरमा सच्याएका छौं - सं.

प्रतिक्रिया