Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

सरकारी शिक्षकका छोराछोरी निजीमा पढाए कारबाही

मंगलबार, १३ असार २०७४

काठमाडौं १३ असार/ स्थानीय तहको निर्वाचनमा निर्वाचित कुशे गाउँपालिकाको पहिलो बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान नदिने प्रवृत्तिको अन्त्य गर्न गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीलाई निजीमा पढ्न रोक लगाउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया