Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सात दिनभित्र शिक्षक विवरण पठाऊ : विभाग

मंगलबार, १३ असार २०७४

भक्तपुर– अस्थायी शिक्षक व्यवस्थापन गर्न भन्दै शिक्षा विभागले शिक्षक विवरण पठाउनका लागि  जिशिकालाई भनेको छ ।

देशका ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई ७ दिनभित्र सो शिक्षक विवरण पठाउन भनेको हो । शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत अस्थायी शिक्षकका प्रतिनीधिहरुबीच गत असार ९ गते भएको सहमतिअनुसार कार्यवाही अघि बढाउन शिक्षक विवरण आवश्यक भएकोले जिल्ला शिक्षा कार्यालयहरुलाई विभागले लिखित रुपमा सो विवरण पठाउन पत्र पठाएको छ ।

विभागले जिशिकाहरुलाई पठाएको पत्रमा ‘शिक्षक विवरण आवश्यक भएकोले आआफ्नो जिल्लाको अस्थायी शिक्षकहरुको विवरण ७ दिनभित्र विभागको शिक्षक व्यवस्थापन शाखामा पठाउन भनेको छ । विभागले २०६१ साल साउन २२ देखि २०६३ बैशाख ११, २०६३ बैशाख १२ देखि २०७२ असोज २ गते र २०७२ असोज ३ गतेदेखि २०७४ जेठ ३१ गतेसम्ममा प्राथमिक तृतीय, निम्न माध्यमिक तृतीय र माध्यमिक तृतीय तहमा रहेका अस्थायी शिक्षकको विवरण पठाउन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया