Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

संघीय शिक्षा ऐनको तयारी

बुधबार, १४ असार २०७४

काठमाडौं १४ असार/सरकारले संघीय शिक्षा ऐनको तयारी गरेको छ । शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन बनाउन नेपाल कानून आयोगलाई मस्यौदाका लागि पत्राचारसमेत गरेको छ ।
शिक्षा  मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले नेपालको संविधानअनुसार शिक्षा ऐन निर्माणको तयारी भइरहेको बताए । उनका अनुसार केही दिनअघि आयोगलाई पत्र पठाएको र मस्यौदाको तयारीका लागि आयोगले शिक्षा मन्त्रालयबाट माग गरेको प्रतिनीधिसमेत खटाइसकेको जानकारी दिए ।

मन्त्रालयले मुलुक संघीय संरचनामा गइसकेपछि संघीयताअनुसारको शिक्षा नियमावली र निर्देशिकासमेत ल्याउने तयारी गरेको छ ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया