Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यालयको विकासमा सहयोग गर्न मन्त्रालय सधैँ तयार

बुधबार, १४ असार २०७४

काठमाडौं १४ असार/काठमाडौंको टंगालस्थित टंगाल उच्च माध्यमिक विद्यालयले ५५औ“ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयको प्रगतिमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालयको प्रगतिमा योगदान दिने अभिभावक तथा शिक्षकलाई सम्मान पत्र प्रदान गरे । त्यसक्रममा मन्त्री श्रेष्ठले विद्यालयको विकासमा सहयोग गर्न मन्त्रालय सधैँ तयार रहेको बताए ।

‘टंगाल उच्चमाविको शैक्षिक गुणस्तरप्रति कुनै गुनासो छैन । सामुदायिक विद्यालयले गरेको यस खालको विकास उदाहरणीय छ,’ मन्त्री श्रेष्ठले भने, ‘अरु विद्यालयले पनि यसबाट पाठ सिक्न सक्छन् ।’ मन्त्री श्रेष्ठले विद्यालयले निर्माण गरेको विज्ञान प्रयोगशालाको पनि उद्घाटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न विद्यालय सक्षम रहेको बताए । उनले भने, ‘पछिल्लो शैक्षिक सत्रका एसएलसी र एसइई दुवैमा सत प्रतिशत विद्यार्थी पास भएका छन् । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ । यहाँको पढाइ निजी विद्यालयसँग प्रतिष्पर्दा गर्न सक्ने खालको छ । त्यसैले विद्यार्थीको चाप पनि बढ्दो छ । यसलाई भविश्यमा अझ मजबुत तुल्याइने छ ।’

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया