Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

प्रअ असल भए स्कुल राम्रो

बुधबार, १४ असार २०७४

काठमाडौं १४ असार/रामेछापमा रहेको मन्थली माध्यमिक विद्यालयमा हाल २ हजार विद्यार्थी छन् । यस वर्ष कक्षा १ देखि ९ सम्म ५ सय विद्यार्थी भर्ना भए । थपिएका विद्यार्थी व्यवस्थापन गर्न विद्यालयलाई गाह्रो परिरहेको छ । समुदायसँग सकारर्य गरी शैक्षिक कार्यक्रम तय गरिएकाले शैक्षिक सुधार हुँदै आयो । त्यसपछि विद्यालयमा भर्नाको चाप बढेको बढ्यै छ । प्रअ टंकप्रसाद दाहालले भने । उक्त विद्यालयले शिक्षकलाई ल्यापटप किन्न १० हजार रुपैंया उपलब्ध गराउँदै प्रविधिमैत्री सिकाइमा जोड दिँदै आएको छ ।

स्कुलले नियमित रुपमा मासिक परीक्षाको व्यवस्था गर्न थालेपछि शैक्षिक सुधार भएको हो । प्रअ दाहालले भने। अभिभावक छलफलका क्रममा ८० प्रतिशत उपस्थिति त महिला हुने भएकाले समाधान पनि छिट्टै हुने गरेको हाम्रो अनुभव छ ।

सोमबार उपत्यकाको जनसेवा मावि कीर्तिपुरमा आयोजना गरिएको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यक्रममा ७ जिल्लाका ४२ सामुदायिक विद्यालयका प्रअहरुले आआफ्ना स्कुलमा सञ्चालन गरिएका अभ्यासका अनुभव आदनप्रदान गरे । प्रअ सक्रिय भएका सरकारी स्कुलको शैक्षिकस्तर पनि राम्रो हुनेमा सबै सहभागी सहमत भए ।

नागरिकमा रुबी रौनियारले लेखेको खबर ।

 

 

प्रतिक्रिया