Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

निजी विद्यालयका प्रअलाई जिशिकाद्वारा तालिम

बुधबार, १४ असार २०७४

भक्तपुर - जिल्ला शिक्षा कार्यालय भक्तपुरले संस्थागत विद्यालयका शिक्षकका लागि कष्टमाईज्ड पुनर्ताजगी तालिम दिएको छ । जिल्लास्थित संस्थागत विद्यालयका छाता संगठनहरुमध्ये जिल्लामा क्रियाशील प्याब्सन, एनप्याब्सन र इसानमा आवद्ध विद्यालयका प्रअहरुलाई तालिममा सहभागी गराइएको थियो ।

सो तालिममा जिल्लाका बिभिन्न विद्यालयका प्रिन्सिपल र कोअर्डिनेटर गरी ३१ जनाको सहभागिता रहेको थियो । सल्लाघारीस्थित राजर्षि गुरुकुल स्कुलमा सञ्चालित तालिममा सहभागी शिक्षकलाई शैक्षिक जनशक्ति विकास केन्द्रका प्रशिक्षकहरुले पेशागत दक्षता अभिबृद्घिका लागि प्रशिक्षित गराएका थिए ।

पाँच दिनसम्म सञ्चालित तालिमको अन्तिम दिन सहभागीहरुलाई काठमाडौंका विभिन्न विद्यालयको अवलोकन गराइएको थियो । अवलोकनाका क्रममा खुमलटारमा सञ्चालित युलेन्स स्कुल र बानेश्वरमा रहेको ग्लोबल कलेजको सहभागीहरुले सुरुचिपुूर्वक ती शिक्षण संस्थाको भौतिक पुर्बाधार लगायत सञ्चालन र शिक्षण प्रकृया लगायतका विषयमा जानकारी लिएका थिए । सहभागीहरुलाई युलेन्स स्कुलका प्रिन्सीपल मेदिन लामिछाने र ग्लोबल कलेजका प्रिन्सिपल खगेन्द्र ओझाले आआफ्ना शैक्षिक संस्थाका बिबिध पक्षबारे जानकारी दिएका थिए ।

असारको ८ देखि १२ गतेसम्म संचालित तालिम सम्पन्न भए पश्चात सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र बितरण गरिएको छ । सहभागीहरुलाई जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसी र कार्यक्रम संयोजक विद्यालय निरक्षिक बिमल निरौलाले प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया