Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

३ थरीको विज्ञापन र परीक्षा स्विकार्नु शिक्षक आन्दोलनमाथि धोका

विहीबार, १५ असार २०७४

Shiva Ram Bohaju को प्रोफाइल तस्वीर

Shiva Ram Bohaju

सन्दर्भ: असार ९ को सरकार र अस्थायी शिक्षकवीचको सम्झौता / सहमति

हालको ३ थरीको विज्ञापन र सो बमोजिमको परीक्षा लगायतका प्रक्रिया स्थगित गरिएन वा गराउन सकिएन भने ऐन संशोधनका लागि दवाव पर्दैन र ऐन संशोधनको संभावना नै हराउँछ।

ऐन संशोधन नभै यो सम्झौता र आन्दोलनको कुनै उपलब्धि नहुनेमा द्विविधा छैन ।तर ऐन संशोधन गर्न कम्तीमा महिनौं लाग्छ ।वर्षौ लागेको हाम्रो अनुभव छ ।तसर्थ सम्झौता वमोजिम काम गर्न गराउन यो विज्ञापन खारेज या रद्द गर्नै पर्छ ।खारेज गराउन नसके कम्तिमा ऐन संशोधन नभए सम्मका लागि यो विज्ञापन अर्को सूचना नभए सम्मका लागि स्थगित गरिनु पर्छ।
यहि विज्ञापन अनुसार काम अघि बढ्दै जाने हो भने हामी कमजोर भै उपलब्धि शुन्य हुनेछ ,सर ।
यो ३ थरीको यो विज्ञापन र परीक्षा स्विकार्नु अघि बढाउनु, बढ्न दिनु शिक्षक आन्दोलनमाथि धोका दिनु हुनेछ।
यस विषयमा साथीहरू खवरदारी गरिरहेका छन र सचेत छन।
कृपया यसलाई गम्भीरताका साथ लिनु हुन र सोही अनुसार कार्यदलमा भुमिका निभाउनु हुन सम्वन्धित सम्पुर्णमा अनुरोध छ ।

प्रतिक्रिया