Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

स्नातकलाई पछि पार्दै पहिलो भइन् वत्सला

बुधबार, २८ असार २०७४

भक्तपुर – ‘समृद्ध नेपालका लागि युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा मोर्डन मावि प्रथम भएको छ ।

जिल्ला युवा समितिको कार्यालय भक्तपुरको आयोेजना र हिसान भक्तपुरको संयोजनमा आयोजित जिल्लाव्यापी वक्तृत्वकलामा मोडर्न स्कुलको कक्षा १२ अध्ययनरत वत्सला एस. राजधामी प्रथम भएकी हुन् ।
प्रतियोगिताको द्धितीयमा सैनिक आवासिय विद्यालयमा स्नातक अध्ययनरत क्षितिज वैद्य, काठमाडौं स्कुल अफ ल स्नातक अध्ययनरत रक्षा खनाल तृतीय र सान्त्वनामा जनप्रेमी कलेजमा स्नातक अध्ययनरत शाम्भवी अधिकारी भएकी छन् ।

उनीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक कार्यालयका प्रमुख पद्मराज जोशीले जानकारी दिए । सोही अवसरमा जिल्ला स्तरीय युवा प्रतिभा पहिचान तथा उद्यमीको खोजी अन्तर्गत साहित्य विधामा स्रष्टा श्यामकृष्ण खुलिमुलि, योगबाट बिकास वज्राचार्य, खेलकुदबाट कृष्णश्वरी सिन्ताकल र संचार क्षेत्रबाट सोम बजगाईं र भक्तपुर घरेलु तथा साना उद्योग संघलाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया