Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

भानु जयन्तीमा विद्यार्थी र शिक्षकको कविता सँगसँगै

विहीबार, २९ असार २०७४

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी(सेकेण्डरी बोर्डिङ स्कूल) ले कविता वाचन प्रतियोगिता गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्म जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले जानकारी दिए ।

विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउने, साहित्यप्रति अभिरुचि जगाउने तथा आदिकवि भानुभक्त आचार्यको योगदानबारे विद्यार्थीलाई जानकारी दिनका लागि गरिएको सो प्रतियोगितामा विद्यार्थीले मात्र नभएर सो विद्यालयका शिक्षकले पनि कविता वाचन गरे ।

पारागन एकेडेमीमा रहेको नेपाली विषय शिक्षक समूहको संयोजनमा भएको सो प्रतियोगितामा विद्यालयका विभिन्न तहमा अध्ययनरत ३७ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागी ती विद्यार्थीहरुमध्ये कक्षा १० का आदित्य सापकोटो प्रथम, कक्षा १० कै विवेक पोखरेल द्धितीय र कक्षा ८ की कृशला लागेजू तृतीय भइन् भने कक्षा ८ बाटै रिजन मानन्धरले सान्त्वना पुरस्कार पाए ।

विजयी विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापक रत्नवीर किसीले प्रदान गरेका थिए । सो क्रममा व्यवस्थापक किसीले आदिकवि भानुभक्तको योगदानको बारो चर्चा गर्नुको साथै कविता वाचन गरेका थिए ।

शिक्षकहरु राजेन्द्र फोँजू, ज्ञानु मानन्धर र नन्दकेशरी न्हेमाफूकीले वाचित कविताको मूल्यांकन गरेका थिए । सोही अवसरमा प्रिन्सिपल कवां र शिक्षक मीना महतले पनि कविता वाचन गरेका थिए ।

 

प्रतिक्रिया