Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

फोटो बेचेको रकम विद्यालयलाई

विहीबार, ०५ साउन २०७४

काठमाडौं - भृकुटीमण्डपमा जारी ईक्यान शैक्षिक मेलामा दुई वर्ष अघिको भूकम्पबाट भएको मानवीय, शैक्षिक, भौतिक तथा सांस्कृतिक क्षती झल्कने फोटोको समेत प्रदर्शनी गरिएको छ । प्रदर्शनी पश्चात उक्त फोटोहरु समावेश गरी पुस्तक प्रकाशित गर्ने र उक्त पुस्तकको विक्रिबाट संकलित रकम मध्ये  केही रकम भूकम्प प्रभावित विद्यालयलाई उपलब्ध गराईने आयोजक राष्ट्रिय फोटो पत्रकार समुह –एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी दिए ।

विदेश जाने विद्यार्थीलाई आवश्यक परामर्श र कलेजहरुका बारेमा जानकारी दिन नेपाल शैक्षिक परामर्श संघ ईक्यानले उक्त मेला आयोजना गरेको हो ।

पढ्नुहोस् : विदेश जाने विद्यार्थीलाई मेला, पहिलो दिन २० हजारद्धारा अवलोकन

उक्त मेलामा गरिएको प्रर्दशनीमा रहेका उत्कृष्ट ४५ फोटोहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गरि एवं फेसबुक मार्फत फोटोमा लाइक गरेर पनि मत दिन सकिन्छ । प्रथम हुनेलाई रु ५० हजार, द्धितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना ३ जनालाई रु ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त फोटोहरु देश विदेशका विभिन्न शहरहरुमा पनि प्रर्दशनी साथै बिक्रिवितरण गर्ने योजना छ ।
भूकम्पले पु¥याएको क्षती र त्यस पछिका पुर्नरसंरचना निमार्णका विषयमा फोटापत्रकार फोटोग्राफ तथा सर्वसाधारणबाट फोटो आह्वान गरिएको थियो । सयौंको संख्यामा प्राप्त फोटोहरु मध्ये ४५ वटा फोटोहरु छनौट गरि ईक्यान शैक्षिक मेलामा प्रर्दशनी गरिएको हो ।

आईतबार सम्म चल्ने उक्त शैक्षिक मेलाको उद्घाटन पश्चात प्रमुख अतिथि नेपालका लागि श्रीलङ्काका राजदुत स्वर्णलता पेरेरा लगायत अतिथिहरुले उक्त प्रदर्शनीको समेत अवलोकन गरे । उक्त घट्नावाट पाठ सिकी भूकम्प प्रतिरोधात्म निर्माण र्गुका साथै सुरक्षित हुनका लागि पनि प्रेरणा मिल्ने परेराले बताईन् ।

प्रतिक्रिया