Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

कक्षा १२ देखि स्नातकोत्तरसम्मका विद्यार्थीको चासो विदेश

शनिबार, ०७ साउन २०७४

काठमाडौं - विदेश जान चाहने नेपाली विद्यार्थी कुन तहका हुन्छन् ? ठ्याक्कै भन्न गाह्रो छ । विहीबारबाट भृकुटीमण्डपमा शुरु शैक्षिक मेलामा आएका विद्यार्थीको उपस्थितीले पनि यो कुरालाई पुष्टि गरेको छ । किन भने मेलामा कक्षा १२ को परिक्षाफल कुरीरहेका देखि स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीको उल्लेख्य सहभागिता देखियो ।

नेपाल शैक्षिक परामर्श संघ ईक्यानले आयोजना गरेको उक्त मेलामा उनीहरु विदेशी शिक्षा, त्यसका लागि अपनाउनु पर्ने प्रकृया र खर्च लगायतका बारेमा चासो दिईरहेका भेटिन्थे । परामर्शदाताहरुको स्टलमा उनीहरुले निकै चासो दिएर प्रश्न सोध्दै गरेको देखियो । मेलाको तेश्रो दिन शनिबार सार्वजनिक विदा परेकोले पनि विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिती थियो । शनिबार मात्रै झण्डै ५२ हजारभन्दा बढीले  मेला अवलोकन गरेको ईक्यानका सचिव तथा सूचना र सञ्चार विभाग प्रमुख उमेश ढुङ्गेलले वताए । आईतबार अन्तिम दिन भएपनि दिनभर विदेशमा अध्ययनका बारे पर्याप्त जानकारी लिन सक्ने उनले बताए ।

विद्यार्थीको रोजाईमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेशसम्मका देशहरु परेका छन् । खासगरी प्राविधिक र ब्यवसायिक विषयहरुप्रति विद्यार्थीको आकर्षण देखिएको ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

यस्ता मेलाले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई उचित गन्तब्य छनोटमा मद्धत पु¥याउने पाण्डेले बताए ।

मेलाको पहिलो दिन २० हजार र दोश्रो दिन ३३ हजारले मेला अवलोकन गरीसकेको ईक्यानले जनाएको छ ।

प्रतिक्रिया