Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

शैक्षिक मेला सम्पन्न : सवा लाखद्धारा अवलोकन

आइतबार, ०८ साउन २०७४

काठमाडौं - ४ दिन देखि राजधानीमा जारी शैक्षिक मेलामा अपेक्षा गरिएकै जस्तो एक लाख धेरैले अवलोकन गरेको आयोजकले दावि गरेको छ ।

विदेशमा जान चाहने विद्यार्थीलाई लक्षित नेपाल शैक्षिक परामर्श संघ ईक्यानद्धारा आयोजित मेलामा १ लाख ३१ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । गत बिहीबारबाट भृकुटिमण्डपमा सुरु भएको ११ औ ईक्यान शैक्षिक मेलाको चौथो तथा अन्तीम दिन आइतवार पनि २५ हजार ५ सय जनाले अवलोकन गरेका छन् । यसअघि शनिबार ५२ हजार शुक्रबार ३३ हजार ५ सय र पहिलो दिन २० हजारले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।  

यसपटकको मेला करिअर काउन्सिलिङका लागी कोशे ढुङ्गा सावित भएको इक्यानले जनाएको छ । व्यबसायीहरुको व्यवसायिक प्रवद्र्धन र विद्यार्थी अविभावकले पाउनुपर्ने सुचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उदेश्य पुरा भएको अध्यक्ष प्रकाश पाण्डेले बताए ।

यसपटकको सहभागिताले आफुहरु उत्साहित भएकोले आगामि दिनमा थप मेला आयोजना गर्न उर्जा मिलेको आयोजक समितिका संयोजक रमेश वाग्लेले बताए । मेलाको संन्देश समस्त बिधार्थी अविभावक समक्ष पुगेको बताउदै मेलामा सहभागी अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थीतिले समेत सो कुरा प्रमाणित गरेको प्रचार बिभागका प्रमुख उमेश ढुङ्गेलले बताए ।  

मेलामा २ सय ३६ स्टल र १४ पेविलियन गरि जम्मा २ सय ५० स्थान बाट परामर्श व्यवसायीहरुले विद्यार्थी तथा अविभावकलाई परामर्श दिएका थिए । मेलामा ५० भन्दा बढि गन्तव्यका लागी १ सय ३० भन्दा बढि शैक्षिक संस्थाहरु तथा १ सय भन्दा आधिकारिक परामर्श व्यवसायीहरुको सहभागीतमा हजार भन्दा वढि करियर अप्सन रहेको थियो । 

प्रतिक्रिया