Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

बेलायत अध्ययन गर्न पुर्ण छात्रवृत्ति

मंगलबार, १० साउन २०७४

काठमाडौं - आफ्नो कलेजबाट स्नातक तह पुरा गरेका पुर्व विद्यार्थीलाई इस्लिङटन कलेजले बेलायतमा अध्ययन गर्न छात्रवृति दिने भएको छ । सो कलेजले आगामी सेप्टेम्बर शैक्षिक सत्रमा सुचना प्रविधि तथा व्यवस्थापनमा (एएस सिआइटी र एमबिए) मा लागि स्नातकोत्तर तह अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो । बेलायत स्थित लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले एक जनालाई खान, बस्न र अध्ययनको लागि पुर्ण र दुई विद्यार्थीलाई नेपालको इस्लिङटन कलेजमा अध्ययन गर्न पुर्ण छात्रवृति उपलब्ध गर्ने कलेजले जनाएको छ ।

सुचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले नै बेहोर्ने छ ।

छनौटमा परेका विद्यार्थीलाई पुर्ण  अध्ययनका लागि सो विद्यालयले ३३ हजार पाउण्डको छात्रवृत्ति पाउनेछन् कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी सुलभ बुढोथोकीले बताए । बेलायतको  लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले नेपालमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तर उत्कृष्ट रहेकोले छात्रवृति दिएको उनको दावी छ । छात्रवृतिको लागि १९ जुलाईमा निवेदन दिने, २७ देखि ३० जुलाईसम्म अन्तवार्ता र ७ अगस्टमा छात्रवृत्तिको नतिजा सार्वजनिक गर्ने उनले बताए । कलेजले बिआइटी र बिबिए अध्यापन गराउदै आएको छ ।

प्रतिक्रिया