Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षा समूहका विद्यार्थीले उचाले आदर्श आजाद कप !

विहीबार, १२ साउन २०७४

भक्तपुर– आदर्श आजाद माध्यमिक विद्यालय तथा कलेजको आयोजनामा श्रावण ११ र १२ गते भएको आदर्श आजाद कप रनिङ शिल्ड फुटसल प्रतियोगिताको उपाधि शिक्षाशास्त्र १२ एले उचालेको छ ।

शिक्षाशास्त्र १२ ए र १२ बी बीच भएको खेलमा एले बीलाई ६–२ गोल अन्तरले पराजित गरी आदर्श आजाद कप उचाल्न सफल भएको हो । यसअघि भएको खेलमा आदर्श आजाद प्राध्यापक टिम र शिक्षाशास्त्र १२ बीबीच भएको खेलमा शिक्षाशास्त्र १२ बीले ५–२ गोलअन्तर बनाएको थियो ।

फाइनल खेलपछि भएको पुरस्कार वितरण  कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापहरुमा सक्रिय सहभागी भएकोमा खुशी व्यक्त गरे ।

विजयी तथा सहभागी सवैलाई बधाई एवं शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्ता क्रियाकलापहरु आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले आदर्श आजाद कप रनिङ शिल्ड फुटसल प्रतियोगिताले शिक्षक विद्यार्थीहरु बीच एकापसमा आत्मियताको विकास भएको विचार व्यक्त गर्दै भविष्यमा यस्तै प्रतियोगिताहरु आयोजना गर्न हौसला बढेको समेत बताए ।कार्यक्रममा सह प्राचार्य चक्रबहादुर चाकतु, डा.पुरुषोत्तम लोचन श्रेष्ठ, शिक्षकहरु प्रेमजन थापा र राकेश सुकुपायोले समेत बोलेका थिए ।
फुटसल खेल आदर्श आजाद मा.वि.तथा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका विद्यार्थीहरुबीच भएको थियो ।

आजै विजयी उपविजयी तथा सहभागी टिमका खेलाडीहरुलाई प्रमुख अतिथि विश्वराम कवांले मेडल तथा शिल्ड र प्रशंसा पत्र वितरण गरिएको थियो ।

 

प्रतिक्रिया