Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

शिक्षाका १२ विधामा पुरस्कार, पत्रकारिता पुरस्कार एडुखबरका पौडेल र नागरिककी रौनियारलाई

विहीबार, १२ साउन २०७४

काठमाडौं - एडुखबर डट कमका सम्पादक श्रीधर पौडेल र नागरिक दैनिककी पत्रकार रुवी रौनियारलाई यस बर्षको शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।  

शिक्षालय मासिक पत्रिका तथा आजको आवाज मिडियाले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले उक्त जानकारी गराएका हुन् । शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले शिक्षा पत्रकार तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई समेटेर निर्णायक समिति गठन गरी त्यसको सिफारिशका आधारमा पुरस्कार दिन लागिएको उनले बताए ।

जनही रु पाँच हजार रुपैंया राशीको उक्त पुरस्कारका अलावा विभिन्न १२ विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मान गरिने तण्डुकारले बताए ।

२०७३ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई रु २५ हजार राशिको ज्ञानोदय पुरस्कार प्रदान गरिने छ ।
वार्षिक रुपमा प्रदान गरिदैं आएको एजुकेशन अवार्ड यस बर्ष तेह्रौ संस्करण हो ।

शिक्षा क्षेत्रमा कृयाशिल युवा तथा पत्रकार मिलेर वि.सं. २०६२ सालमा ललितपुरको गोदावरी भेगका २२ माध्यमिक विद्यालयबाट अवार्ड अफ दि इयरको रुपमा शुरु कार्यक्रम २०६४ सालमा ललितपुर क्षेत्रभित्र विस्तार गरि एजुकेशन अवार्डको नामबाट नामाकरण गरिएको हो । २०६६ सालबाट यसलाई राष्ट्रिय स्तरमा विस्तार गरिएको हो ।

यस बर्ष पनि विद्यालयहरु सहित शिक्षा सेवामा कार्यरत कर्मचारी, विभिन्न संघसंस्थामार्फत शिक्षालाई नीतिगत तथा अन्य पक्षबाट पृष्ठपोषण गर्ने ब्यक्तित्व तथा संघसंस्थाहरुलाई समेटिएको तण्डुकारले बताए ।

पुरस्कार निर्णायक समितिको नाम पुरस्कार वितरण कार्यक्रममा घोषणा गरिने जनाईएको छ ।  साउन १६ गते सोमवार रसियन कल्चर सेण्टर, कमलपोखरीमा हुने कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मान तथा पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया