Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षा पुरस्कार प्रदान, शिक्षक, विद्यालय देखि पत्रकार सम्म सम्मानित

सोमबार, १६ साउन २०७४

काठमाडौं - विभिन्न १२ विधामा ब्यक्ति र संस्था गरी २० जनालाई शिक्षा पुरस्कार प्रदान गरिएको छ । आजको आवाज मिडियाले सोमबार आयोजना गरेको १३ औं एजुकेशन अवार्ड कार्यक्रममा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरे ।

एडुखबरका सम्पादक श्रीधर पौडेल र नागरिक दैनिककी पत्रकार रुवी रौनियारलाई मन्त्री श्रेष्ठले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरे ।

कार्यक्रममा उत्कृष्ठ शिक्षक अवार्डबाट ज्ञानोदय माध्यमिक विद्यालय बाफलका शिक्षक गोविन्द  भण्डारी र लाईफ टाईम एचिभमेण्ड अवार्डबाट निष्ट कलेजका संस्थापक डा. माधव प्रसाद बराल सम्मानित भए । यस्तै २५ हजार राशीको ज्ञान उदय छात्रबृत्ति पुरस्कार त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, पुल्चोक ललितपुरका विद्यार्थी द्वय  मन्दिरा श्रेष्ठ र अनुशा थापा मगरले प्राप्त गरे ।

स्कुल अफ दी ईयरबाट सामुदायिक तर्फ  जनसेवा माध्यमिक विद्यालय, किर्तिपुर, काठमाडौं र संस्थागत तर्फ   द एक्सेलसियर स्कूल, स्वयम्भू, काठमाडौं सम्मानित भएका छन् ।

राईजिङ् अवार्ड जोरपाटी स्थित नामी कलेज, डेडिकेशन अवार्ड ब्यक्ति तर्फ नाइटिङ्ग स्कुलकी रञ्जना प्रधान र संस्था तर्फ चावहिल स्थित सेन्ट लोरेन्स कलेजले प्राप्त गरे । साउथवेष्टन स्टेट कलेजका डा. राजेन्द्र के.सी र माउण्ट भ्यू इंलिस स्कुलका राजकुमार महर्जन एजुकेशन क्रियटिभ अवार्डबाट सम्मानित भए ।

यस्तै कन्ट्रिब्यूसन अवार्ड शिक्षा मन्त्रालयका सहसचिव तथा शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मी राम पौडेल, निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फे र पहर ट्रस्ट नेपालपका प्रमुख हवार्ड ग्रीनले प्राप्त गरे ।

यस्तै गुडविल  एचिभमेण्ट अवार्डबाट पिनाकल कलेज, लगनखेल, ललितपुर र पकनाजोल स्थित एनसीसीएस कलेज सम्मानित भए ।

वेष्ट प्रिन्सीपल एवार्डबाट जेम्स स्कुल, धापाखेलका प्रिन्सिपल बादल प्रधान र एजुकेशन भिजन अवार्डबाट पेन्टागन कलेजका प्रमुख डा. सुरेन्द्र प्रसाद सिंह सम्मानित भए ।

कार्यक्रममा सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले देशको संरचना परिवर्तन भएको अवस्थामा पुरस्कृत र सम्मानित ब्यक्तिहरुसँग सहकार्य गर्दै शिक्षा सुधारमा अघि बढ्ने बताए ।

कार्यक्रममा उनले ब्यक्त गरेको धारणा पढ्नुहोस्

प्रतिक्रिया