Edukhabar
मंगलबार, ११ बैशाख २०८१
जिव्रो

भाद्र -3 को परिक्षा सार्दा फाइदा कसलाई .....??

बुधबार, १८ साउन २०७४

Dambaru Prasad Pokharel को प्रोफाइल तस्वीर

Dambaru Prasad Pokharel

अस्थायी शिक्षकको एउटा सानो झुण्ड र केही शिक्षा माफियाहरु जसले अस्थायीलाई नै प्रयोग गरेका छन ,आउदो परिक्षा रोक्न अनेक अस्त्र प्रयोग गरिरहेका छन।पुर्व राजा,सेना लगायत गौडा गौडा चाहार्नु बिसर्जनबादी सोच हो र यसले अस्थायीलाई फाइदा गर्दैन। 
#के यो परीक्षा सर्दा अस्थायीको माग पूरा हुन्छ ?

किमार्थ कुरा गर्नु हुदैन ,यसले झन जटिलता ल्याउछ।अब एउटा कुरा प्रष्ट हुनु के जरुरी छ भने सार्वजनिक शिक्षा अब स्थानिय तहले हेर्छ र संभवत शिक्षक ब्यबस्थापनपनि स्थानीय सरकारले नै गर्छ ।यदि यसमा गिद्धे नजर पर्यो भने पहिलो सिकार अस्थायी शिक्षक नै हुन्छ ।फेरि स्थानिय तहमा शिक्षा कर्मचारी ब्यबस्थापन हुने बित्तिकै यो परिक्षा कुनै हालतमा हुदैन । 
#कडा शब्दमा भन्दा यस तर्फ कुनै अस्थायी शिक्षकको ध्यान गयको छ ??

प्रतिक्रिया