Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

क्वीज मेनियाको छैठौं सिजन एसियाली स्तरमा

शुक्रबार, २० साउन २०७४

काठमाडौं - विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यले शुरु भएको क्वीज मेनियाको छैठौं सिजन एसियाली स्तरमा हुने भएको छ । विगतका राष्ट्रिय स्तरका ४ सिजन पछि पाचौं सिजन दक्षिण एसियाली स्तरमा भएको थियो । उक्त प्रतियोगितामा विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक एशियाली स्तरको कार्यक्रम निर्माण गर्न लागिएको आयोजक एक्रेटिभ मिडिया प्रा.लि का प्रमुख कार्यकारी अधिकृत तथा क्वीज मेनिया सिजन ६ का निर्माता हरि पोखरेलले बताए ।

प्रतियोगितामा एसिया महादेशमा रहेका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहने छ । उक्त प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरुका लागि यो कार्यक्रम एक अर्कालाई नजिकबाट चिन्ने र सांस्कृतिक आदानप्रदानको अवसर समेत हुने आयोजकको अपेक्षा छ ।

विगतका राष्ट्रिय स्तरका सबै ४ ओटा सिजनहरु नेपालमा अत्यन्तै लोकप्रिय रहेको र पाचौं सिजनको दक्षिण एसियाली स्तरको प्रतियोगितामा समेत विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक एशियाली स्तरको कार्यक्रम निर्माण गर्न लागिएको हो, पोखरेलले भने, विदेशी कार्यक्रमका फ्रेन्चाइजहरु नेपाल भित्रिने क्रममा रहेको वर्तमान परिप्रेक्ष्यमा एक नेपाली कार्यक्रम अन्तर्राष्ट्रियकरण हुँदै जानु आफैमा एक गौरवको विषय हो ।

विभिन्न एसियाली देशहरुमा छनौट चरण (अडिसन) सञ्चालन गरिने  प्रतियोगिताको अन्तिम चरण नेपालमा सञ्चालन गर्ने जनाईएको छ । क्विजमा सहभागी हुने विदेशी विद्यार्थीका साथै कुटनितिक, शिक्षा, व्यवसाय जस्ता विविध क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने अन्तिम चरणका कार्यक्रमहरुमा नेपालको पर्यटन, कला संस्कृति, भाषा भेषभुषाका बारेमा प्रबद्र्धन गर्ने आयोजकको लक्ष्य रहेको छ ।

विराटनगर स्थित नोवेल मेडिकल कलेजको प्रस्तुति रहने सिजन ६ को इन एशोसिएशन विथमा इस्लिङ्टन कलेज रहेको छ । कार्यक्रमको प्रायोजक  एनआइसी एशिया बैंक लि., राइटपाथ करियर काउन्सेलिङ, मर्सि एजुकेशन कन्सल्टेन्सी, हिरो मोटरसाइकल, श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन, कतार एयरलाइन्स, गोल्डेन गेट इन्टरनेशनल कलेज, नेपालय कलेज, पाथ फाइण्डर इन्टरनेशनल एजुकेशन, एक्सस एजुकेशन नेटवर्क, एक्सपर्ट एजुकेशन नेटवर्क, कान्तिपुर एजुकेशन र हिटाची रहेका छन् ।

यस अघि जस्तै सिजन ६ मा पनि नायक राजेश हमाल क्विज माष्टर रहने छन् । प्रतियोगिताको प्रसारणका लागि आफ्ना सम्पुर्ण तयारीहरु पूरा भईसकेको र कान्तिपुर टेलिभिजनबाट शिघ्र प्रसारणको क्रममा रहेको पोखरेलले बताए ।

प्रतिक्रिया