Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

भदौ ३ को परीक्षा सार्न ऐन संशोधन गर्न नपर्ने दाबी

आइतबार, २२ साउन २०७४

काठमाडौं - अस्थायी शिक्षक आन्दोलन समितिको एक घटकले शिक्षक सेवा आयोगले हालै गरेको शिक्षक विज्ञापन नसच्याएसम्म पनि शिक्षक सेवा आयोगले परीक्षा गर्न नसक्ने दाबी गरेको छ ।

नेपाल अस्थायी शिक्षक संघर्ष समिति २०६६ का अध्यक्ष शिवराम बोहजूको अध्यक्षतामा राजधानीमा भएको शिक्षक भेलाले हचुवाको भरमा शिक्षक सेवा आयोगले विज्ञापन गरेको भन्दै उक्त विज्ञान विभेदपूर्ण र गैरकानूनी समेत भएको निश्कर्ष निकालेको छ ।

‘असार २४ गतेका लािग तोकिएको परीक्षा दरबन्दी संख्या, विषय सच्याउन परेकोले भदौ ३ का लागि सारेको भनिएको विज्ञापनले अझै पनि २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म नियुक्त भएका अस्थायी शिक्षकको लागि शिक्षा ऐन आठौं संशोधनले ४९ दशमलब ५ प्रतिशत अस्थायी शिक्षक स्थायी हुने सुनिश्चित गर्दागर्दै आयोगको विज्ञापनले त्यो अधिकारबाट बञ्चित गरेकोले २०६३ सालका अस्थायी शिक्षकको आन्दोलन पश्चात भएको सहमति बमोजिम व्यवस्था गरेको आठौं संशोधनको हक समेत हनन् गरेर आयोगले चरम लापरबाही गरेको छ ।’ अध्यक्ष बोहजूले भने ।

अध्यक्ष बोहजूले  अस्थायी शिक्षकहरुलाई राज्यले गरेको अन्याय र भेदभावविरुद्ध काठमाडौंमा आन्दोनरत भएको, आमरण अनशनमा रही जीवन मरणको अवस्थामा रहेकोले सबै अस्थायी शिक्षकलाई एउटै समान प्रक्रिया (एक पद– एक आवदेक) को विज्ञापन गर्न माग गरेको छ । समितिले सो प्रक्रियाअनुसार विज्ञापन गरी परीक्षामा सफललाई स्थायी गर्नुपर्ने र सफल हुन नसकेका शिक्षकलाई सुविधासहित सम्मानजनक बिदाइ गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया