Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षक परीक्षाको केन्द्र निर्धारण

आइतबार, २२ साउन २०७४

भक्तपुर - अस्थायी शिक्षकका लागि तोकिएको परीक्षा हुने नहुने अन्यौलकै विचमा शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेको छ ।

प्रावि निमावि र माविका लागि छुट्टा छुट्टै परीक्षा लिने गरी देशै भर ८५ वटा केन्द्र * निर्धारण गरिएको छ । संघीयता लागू भै सके पनि आयोगले देशको पुरानै संरचना अनुसार केन्द्र निर्धारण गरेको छ ।

जस अनुसार सुदुर पश्चिमाञ्चलमा ७, मध्य पश्चिमाञ्चलमा १३, पश्चिमाञ्चलमा २४, मध्यमाञ्चलमा २१ र पूर्वाञ्चलमा २० केन्द्र निर्धारण गरिएको छ ।

हेर्नुहोस् परीक्षा केन्द्र :

यस अघि असार २३ गते गर्ने तय भएको परीक्षा अन्तिम समयमा आएर भदौ ३ गतेका लागि निर्धारण गरिएको थियो ।

गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि संविधान जारी हुनु अघि अर्थात् ०७२ असोज २ सम्म नियुक्त अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्ष भित्र सुरु गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले अस्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो ।

यही विचमा परीक्षा सार्न शिक्षा मन्त्रीकै दवाव परेको खबर सार्वजनिक भएपनि मन्त्रीले उक्त खबरको खण्डन गरेका थिए ।

पढ्नुहोस् : शिक्षकको परीक्षा तोकिएकै समयमा : शिक्षा मन्त्री

आयोगले पनि परीक्षा तोकिएकै समयमा हुने बताउँदै आएको थियो ।

पढ्नुहोस् : हुन्छ कि हुँदैन अस्थायी शिक्षकको परीक्षा ?

परीक्षाको विरोध र स्वत स्थायीको माग गर्दै अस्थायी शिक्षक अनसनमा छन् ।


सच्याईएको - सं.

प्रतिक्रिया