Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

राष्ट्र कविलाई प्याब्सनले सम्मान गर्ने

विहीबार, २६ साउन २०७४

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनले राष्ट्र कवि माधबप्रसाद घिमिरेलाई प्याब्सन गौरब साहित्य सम्मान प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान प्रदान गर्न लागेको प्याब्सनले जनाएको छ ।

साउन २८ गते बिशेष कार्यक्रम आयोजना गरि बिशेष सम्मान गर्न लागिएको कार्यक्रमका उपसंयोजक साहित्यकार देवी घिमिरेले जानकारी दिए । सम्मान कार्यक्रमलाई पृथक र अविस्मरणीय बनाईने प्याब्सनको दावि छ ।

प्रतिक्रिया