Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

सिडिओ, एलडिओले आँट नगरेपछि जिशिअद्वारा दरबन्दी मिलान !

विहीबार, २६ साउन २०७४

काभ्रे । जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र शिक्षक संघ–संगठनका नेताहरुले गर्न नसकेको शिक्षक दरबन्दी मिलान आफूले गरेको दाबी गरेका छन् । ‘२०४२ सालदेखि गर्न नसकेको शिक्षक दरबन्दी मिलानको काम गरेँ, यो काम एलडिओ, सिडिओ र र शिक्षक संघ–संगठनका नेताहरुले गर्न सकेका थिएनन् ।’ हालै शिक्षा कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले सो निर्णय गरेको बताउँदै दरबन्दी मिलानजस्तो महत्वपूर्ण काममा असहयोग गरेपछि आफूले एकल निर्णय गरेको स्वीकारे । जिल्ला शिक्षा अधिकारी गुरुङले हालसम्ममा एक सय ४६ शिक्षकहरुको दरबन्दी मिलानको नाममा सरुवा गरिसकेका छन्।

‘मैले एकल निर्णयबाट नै विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र काज सरुवा लगायतको काम गरेँ’ उनले भने । उक्त कामबाट विभिन्न दलनिकट संघसंगठनका शिक्षक नेताले विरोध गरेर काभ्रेको शिक्षाको स्तरोन्नतिमा बाधा पुर्याएको पनि आरोप लगाए ।

जिल्ला शिक्षा अधिकारी गुरुङले त्यस किसिमको दाबी गरे पनि उनीमाथि भने सरोकारवाला निकायहरुलाई जानकारी नदिई शिक्षक सरुवा तथा दरबन्दी मिलान गरेको आरोप लागेको छ । जिल्लाको समग्र शैक्षिक सुधारको हितको निमित्त शिक्षक दरबन्दी मिलान गरेको भन्दै आफू निकट पार्टीका शिक्षकलाई सहज हुने काम गरेको बताएका छन् ।

एमाले निकट राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्याम पाण्डेले जिशिअ गुरुङ नेपाली कांग्रेस निकट रहेकोले सो पार्टीमा आवद्ध शिक्षकलाई पायक पर्ने गरी काम गरेको आरोप लगाएँछन् । ‘शिक्षक दरबन्दी मिलान गर्ने समितिका सदस्यहरुले असहयोग गरेपछि शिक्षा समितिको अध्यक्षको हैसियतले दरबन्दी मिलान र काज सरुवा गर्ने एकल निर्णय गरेको हो,’ उनले भने, यसले काँग्रेसमा आस्था राख्ने शिक्षकहरुलाई सहज भएको छ ।’

 

प्रतिक्रिया