Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

‘विद्यार्थीलाई सर्टिफिकेट, प्राध्यापकलाई नोट !’

शनिबार, २८ साउन २०७४

विश्वविद्यालयको शिक्षा सर्टिफिकेट हात पार्ने खेलमा सीमित हुँदै गएको छ । विद्यार्थीको आवश्यकतालाई प्राध्यापकहरुले नै आफ्नो इच्छा पूर्तिको साधन बनाइरहेका छन् । यसकारण पनि विश्वविद्यालयजस्तो पवित्र र प्राज्ञिक क्षेत्रमा भ्रष्टमति भएकाहरुको बाहुल्यता बढेको छ । विद्यार्थीलाई सर्टिफिकेट चाहिने, प्राध्यापकलाई नोटको बिटो । नोटको बिटोले समाजको एक अभिन अंग उच्च शिक्षालाई पनि नराम्ररी गाँजेको छ । यही वास्तविकतालाई लघुकथाकार पुष्करराज भट्टले लुघकथा  ‘जालो’ मार्फत् उदांग्याउने प्रयास गरेका छन् । सोही कथा साताको शिक्षा साहित्यमा ।

हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल गर्यौ अर्थात् स्नातकोत्तर पास । बाँकी थियो शोधपत्र निर्माणको कार्य ।
‘बाबुआमाले जति गर्नुपर्ने गरिसके । अब कामको खोजीमा लाग्नुपर्छ ।’ हामी दुबै साथीको सहमति बन्यो ।
‘शोधपत्रको काम बाँकी नै छ । यो त पूरा गर्नुपर्छ ।’ म आँटेको काम पूरा गर्नुपर्ने मानसिकतामा थिएँ ।
‘कुनै न कुनै उपाय त गर्नुपर्ला । त्यतिका लागि खाली बस्न मसँग समय छैन ।’ यत्ति भन्दै ऊ लाग्यो घरतिर ।
चार महिनापछि भेट भयो । ऊ केही चिन्तित थियो । मैले आफ्नो शोधपत्रको काम पूरा गरिसकेको थिएँ ।
‘मैले शोधपत्र पूरा गर्न सकिँन । के गर्ने होला अब सरसँग बुझ्छु ।’ यत्ति भन्दै ऊ निस्कियो । यसपालि भने ऊ केही गम्भीर थियो ।
साँझ डेरामा आयो । त्यतिखेर उसको अनुहारमा प्रशन्नता झल्किरहेको थियो ।m केही गम्भीर थियो ।
साँझ डेरामा आयो । त्यतिखेर उसको अनुहारमा प्रशन्नता झल्किरहेको थियो । ‘मेरो समस्या हल भयो नी ।’ उसले रहस्योद्घाटन गर्यो ।
‘यति चाँडो कसरी ??’ ममा उत्सुकता बढ्दै गयो ।
‘गुरुले एक कम्प्युटर पसलको ठेगाना दिनुभयो । म त्यहाँ पुगेँ । २० हजारमा  कुरा त भयो । सबै सेटिङ मिलेको हुन्छ । एकैचोटि अन्र्तवार्ता दिन आए पुग्ने ।’ उसले एकै सासमा सबै कुरा सिध्यायो ।
‘अनि तिम्रो प्राज्ञिक स्तर.. बौद्धिकता...ज्ञान... यही हो त ?! ममा खुल्दुली मच्चियो ।
‘हामीले कुनै ठूलो पदमा पुग्नु छैन र ठूलो अनुसन्धान पनि गर्नु छैन । सानोतिनो जागिर जोगाउन सर्टिफिकेट चाहिने हो । अनि यहाँ कसले कसरी पास गर्यो, कसले हेर्ने हो र ? ? एनि हाउ अघि आऊ । अहिलेको समयको सत्य नै यही हो ।’ ऊ बोल्दै गयो । म निःशब्द भएँ, मेरो वाक्य नै फुटेन ।

सुदूर पश्चिमको धनगढीका पुष्करराज भट्ट साहित्य क्षेत्रका क्रियाशील, कर्मशील युवा साहित्यकार हुन् । प्रगतिशील दृष्टि चेतलाई साहित्यमा  उतार्न मन पराउने भट्टको जन्म ३०३२ साल असार ४ गते भएको हो । स्नातकसम्मको अध्ययन गरेका भट्टका कर्मयोद्धा लघुकथा(२०५९), युगधारा (निबन्ध संग्रह २०५९), आस्था नायकको अवसान (२०६१), सुनौलो विहानी (२०६३), एक थोपा सागरको लघुकथा संग्रह(२०६४) लगायतका कृतिहरु प्रकाशित छन् ।

 

प्रतिक्रिया