Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

परीक्षा सार्न आयोग पुगे सचिव

मंगलबार, ३१ साउन २०७४

काठमाडौं ३१ साउन / भदौ ३ गतेलाई निर्धारण गरिएको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा कही दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयका  सहसचिव हरि लम्सालले आयोग अध्यक्ष ताना गौतमलाई सोमबार भेटेर यस्तो आग्रह गरेका हुन् । कार्यरत अस्थायी शिक्षकमध्ये आन्तरिक प्रतिस्पर्धामा सहभागी भएर अनुत्तीर्ण भएकालाई समेत सेवा सुविधा दिनुपर्ने अस्थायी शिक्षकका माग पूरा गर्न समय लाग्ने भएकाले तत्कालका लागि परीक्षा सार्न मन्त्रालयका अधिकारीले यस्तो अनुरोध गरेका हुन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया