Edukhabar
बुधबार, १२ बैशाख २०८१
जिव्रो

अनसनको बलमा स्थायी हुने दिन नआओस

मंगलबार, ३१ साउन २०७४

Hari Thapa

म अस्थायी शिक्षक । मेरो बेदना सुन्दा तपाईंलाई पनि रुन मन लाग्छ । अस्थायीमा भर्ना गर्ने समयमा बन्दुक देखाए । पाता फर्काए । अस्थायीमा जागिर नखाए ज्यानै लिने धम्की दिए । हुनत मैले अस्थायी नै जागिर खाएको । स्थायी हुन मन लाग्यो । अहिले स्थायी गर्दैनन । परिक्षामा पास हुने मेरो हुति छैन । पढ्न बिर्सियो । पढाउन मात्र जानियो । जानियो पनि के भन्ने पढाए जस्तो गरियो । आँट मर्यो । लेखेर पास हुन सकिन्न । अब शत्रु बढे । स्थायी भएर सुबिधा लिने तर नपढाउने रहर पनि रहरै होला जस्तो छ । (यो वेदना राहत, निजी श्रोत पीसीएफ सबैको हो । अरु राम्रो काममा योग्य भए त्यता लागि हालौं । अनसनको बलमा स्थायी हुने दिन तपाईंको नआओस ।)

प्रतिक्रिया