Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

विज्ञान क्याम्पसमा तालाबन्दी

बुधबार, ३२ साउन २०७४

काठमाडौं ३२ साउन / कञ्चनपुरका विद्यार्थी नेता डम्बर जाग्री हत्यालाई लिएर अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पसमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारी जिल्ला कार्य समिति कञ्चनपुरले मंगलबार विज्ञान क्याम्पस प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । घटना नियोजित तरिकाले घटाईएको र घटनामा क्याम्पस प्रशासनको लार्पवाहीका कारण भएको निष्कर्ष निकाल्दै क्रान्तिकारीले घटना सार्वजनिक गर्न माग गरेको जिल्ला इन्चार्ज चन्द्रकान्त भट्टले बताए ।

क्रान्तिकारी तथा विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई छात्रावास सुधारको माग राखेर पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत क्याम्पस प्रशासनबाट वेवास्ता गरिएकाले घटना घटेको इन्चार्ज भट्टको दावी छ । यसैबीच मंगलबार नै अखिल क्रान्तिकारीले जाग्रीको सम्झनामा शोकसभा गरेको छ । शोक मन्तव्य दिने क्रान्तिकारीका नेता, क्याम्पसका प्राध्यापकले घटनामा गहिरो दुख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया