Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

लोकनृत्यमा कौरा प्रथम, चण्डी दोस्रो र झांगड तृतीय

बुधबार, ३२ साउन २०७४

भक्तपुर- हिमाल एकेडमी स्कुलको आयोजनामा भएको लोकनृत्य प्रतियोगितामा कौरा नाच प्रथम भएको छ । भक्तपुरको सूर्यविनायकस्थित नंखेलको मदरल्याण्ड इंग्लिश बोर्डिगं सेकेण्डरी स्कुल कौरा नाचमा प्रथम भएको हो ।
त्यस्तै फ्युचर स्टार इंग्लिश सेकेण्डरी स्कुलको चण्डी नाच  (द्वितीय र सूर्योदय सेकेण्डरी स्कुलको झांगड नाच तृतीय भएको छ । प्रतियोगितामा रत्न शिक्षा सदन र ग्लोबल एकेडमी ( सान्त्वना भए । ती विद्यालयका विद्यार्थीहरुले क्रमः झिंझिया र भोजपुरी नाच प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा क्वालिटी सेकेण्डरी स्कुलका नृत्य निर्देशक शेर्पा नृत्यका लागि उत्कृष्ट नृत्य निर्देशक, पारीजात विद्याकुन्जले धिमाल नृत्यका लागि उत्कृष्ट श्रृंगार तथा भेषभुषामा सफलता पाएका थिए ।
लोकनृत्यको जगेर्ना एवं लोक सँस्कृतिको पहिचान दिने उद्देश्यले आयोजित कार्यक्रममा इप्सनका दश विद्यालय मध्ये नौ विद्यालय बीच प्रतिस्पर्धा भएको थियो ।

 

प्रतिक्रिया