Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विद्यालय पुनर्निर्माण अत्यन्त सुस्त, विद्यार्थीको हैरानी जारी

विहीबार, ०१ भदौ २०७४

काठमाडौं - दुई वर्ष अघिको बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएका विद्यालयको पुनर्निर्माणको सुस्त हुँदा विद्यार्थीले भोग्दै आएको हैरानी जारी छ ।  विद्यालय पुनर्निर्माणको लािग आवश्यक रकम सरकार र विद्यालयसँग नहुँदा कतै पुनर्निर्माणको काम अघि बढेको छैन भने कतै अघि बढेका काम पनि बीचैमा रोकिन पुगेका छन् ।

भूकम्पबाट क्षति पुगेका चारहजार चारसय ३६ विद्यालय पुनर्निर्माण गर्नुपर्ने छ । विद्यालय व्यवस्थापन समितिले पुनर्निर्माणको जिम्मा लिएकामध्येक एकहजार दुईसय विद्यालय आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न भैसकेका छन् भने एडीबीको सहयोगमा भूकम्प प्रभावित ३१ जिल्लामा कूल चार अर्ब नेपाली रुपैंया लगानीमा विद्यालय निर्माण कार्य भएको नेपाल सरकार शिक्षा मन्त्रालयअ अन्तर्गत विद्यालय पुनर्निर्माणको लागि स्थापना भएको केन्द्रीय आयोजना इकाइका सूचना अधिकारी शालिकराम कोइरालाले बताए ।

विद्यालय व्यवस्थापन समितिले आर्थिक वर्ष २०७३/७४ मा निर्माणको जिम्मा लिएको एकहजार १८ विद्यालयमध्ये तीनसय ५० वटा विद्यालयको निर्माण सम्पन्न भएको र बाँकीको काम भैरहेको छ । त्यस्तै सोही आर्थिक वर्षमा गैरसरकारी संस्था तथा विभिन्न दातृ निकायले एकहजार सात सय ५० विद्यालयको निर्माणको जिम्मा लिएकामा नौसय ६ वटा विद्यालयको निर्माण कार्य सकिसकेको छ । बाँकी विद्यालय भने निर्माणको लागि टेण्डर प्रक्रियामा गइसकेका छन् ।यस हिसाबले हालसम्म दुई हजार चारसय ५६ विद्यालयको पुनर्निर्माण कार्य भएको छ भने एकहजार चार सय २६ विद्यालयका भवन निर्माणाधीन छन् ।
एकाइका अनुसार अहिले एकसय ६० विद्यालय पुनर्निर्माणका लागि टेण्डर प्रक्रियामा गइसकेका छन् भने एकसय ४४ विद्यालयको नक्सा डिजाइनको काम भइरहेको छ ।

आयोजनाका प्रमुख इमनारायण श्रेष्ठले २०७२ सालको भूकम्पले आठहजार ६ सय २३ वटा विद्यालयहरुमा क्षति पुगेको बताउँदै अहिले जाइका र एडीबीका ऋणमा चारसय ४३ वटा विद्यालयको निर्माण कार्य अघि बढिरहेको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीआइयु) का अनुसार दुई सय ८३ वटा विद्यालय जाइकाले बनाउँदै छ भने एकसय ६० विद्यालय एडीबीले । उक्त विद्यालयहरुको पुनर्निर्माणका लागि जाइकाले ११ दशमलब चार मिलियन अमेरिकी डलर र एडीबीले आठ दशमलब ६ मिलियन अमेरिकी डलर गरी कूल २० मिलियन डलर ऋण उपलब्ध भएको छ । एडीबी र जाइकाको उक्त रकमले माध्यमिक र ठूला विद्यालयहरुको पुनर्निर्माण भइरहको छ ।

फाईल फोटो

प्रतिक्रिया