Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

अमेरिकी खेलाडी हराउने विद्यार्थी पुरस्कृत

विहीबार, ०१ भदौ २०७४

भक्तपुर– अगस्ट ३देखि ५ सम्म भएको आइटीएफ करीयन ओपन इन्टरनेशनल फÞेस्टीवल तथा चौंथो एसीयन च्याम्पियनसिपमा नेपाललाई गोल्ड मेडल दिलाउन सफल मोडर्न स्कुलका कक्षा ११ मा अध्ययनरत सस्मन बस्नेतलाई नगद रू. दस हजार र पूर्ण छात्रवृत्तिका दिएको छ ।

उनलाई मोडर्न स्कुलका संस्थापक निर्देशक बाबुकाजी कसपाल, मोडर्न स्कुल र कलेजका प्रचार्य अनिल कस्पाल र मोडर्न स्कुलका सल्लाहकार तथा मनोविद् र उत्प्रेरणात्मक शिक्षक रविन कटवालले पुरस्कृत तथा सम्मान गरिएको हो ।

कक्षा ११ का विद्यार्थीका लागि संचालन गरिएको उत्प्रेरणात्मक तालिम कार्यक्रमका बीचमा विद्यार्थी सस्मनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । उनले एसियन चाम्पियन्शीप अन्तर्गत  जुनियर ब्लैक बेल्ट स्पारिंगतर्फ ७०के.जी. तौल समूहमा अमेरिकी खेलाडी नाथन डेनियललाई ७–१२ अंकको फरकमा पराजित गरी उक्त पदक हात परेका थिए । उनले सेमीफÞाइनलमा चाइनिज खेलाडीलाई पराजित गरेका थिए ।

 

प्रतिक्रिया