Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

भोलि उत्तर पुस्तिका नै च्यातिदिन्छन् अनि....

शनिबार, ०३ भदौ २०७४

हाम्रो परीक्षा प्रणाली गलत छ । प्रणालीकै कारण परीक्षा र शिक्षा प्रणाली बद्नाम भएको छ । अझ परीक्षा कसरी चल्छ ? अनि परीक्षा पुस्तिका कसरी चल्छ भन्ने जिज्ञासाको जवाफ लुघकथामा रुचि भएका गंगाराम ढकालले आफ्नो लघुकथा ‘छिपेको परीक्षा’ मा देखाउन खोजेका छन् । सोही लघुकथा साताको शिक्षा साहित्यमा  ।

परीक्षाभरि नयाँ नियम अब सबै शिक्षक बिधार्थीलाई प्रत्येक दिन चिया र बिस्कुट दिनुस् है लेखापाल जी.... । यसपाली परीक्षा पछिको विदामा बाह्र र पन्ध्र दिन शिक्षकलाई लिएर बिदेश भ्रमण पनि जानू छ । सुटुक्क हवाई टिकट पनि मिलाउनुस् ।
लेखापालले प्रधानाध्यापकको कानमा खुसुक्क भने, ‘अस्ति परीक्षा बोर्डबाट बजेट धेरै खर्च गर्न पाईदैन भन्ने निर्देशन छ । थाहा भयो भने बबाल हुँदैन ?’
प्रधानाध्यापकले लेखापाललाई सम्झाए, ‘त्यो त नियम पो त .... । शिक्षकलाई मिलाएर राख्नु परेन । हामीले लिने गरेका लेबी, चन्दा, सहयोग, डनहरुबाट असुल उपर, कर्मचारि बाट सरुवा, प्रमोसन गरेबापत आम्दानी, नयाँ जागिर बिक्री आम्दानी, दुत नियुक्ति आम्दानी, ठेक्का पट्टाको कमिसन, व्यापारी उद्योगीलाई करछुटको प्रतिशत.. आदि सबै गैरकानुनी हो । त्यसमाथि झन् ठूला आयोजनाको पैसा, समाज विकासको पैसा र नदिनालाको पैसा तथा बिदेशी अनुदानको आम्दानी सबै खर्चतर्फ मोबाईल, कार, होटल लजमा ऐस आरम, करोडौको बंगला, अरबौ स्विस बैंक ब्यालेन्स अनि आवश्यकता भन्दा दश दोब्बर खर्च भएको बिल फछ्र्यौट गर्ने गरेको कुरा सबै शिक्षकलाई थाहा छ ।
हामीले जाबो बिदेश भ्रमण लगेनौं भने भोलि उत्तर पुस्तिका नै च्यातिदिन्छन् अनि पुन परीक्षा गर्दा नतिजा फरक हुन सक्छ । पुन चक्कर काट्नु भन्दा परीक्षा बोर्डलाई थाहा नदिई आफ्नै विद्यार्थीलाई खर्चेको फल ड्याम ड्याम उत्तर पत्रमा छाप हान्छन अनि शिक्षक स्टाफमा खर्च गरेको कस्तो राम्रो काइदा....बरु नंम्बर सुटुक्क बढाई दिन्छन क्या.... सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने ......।
अब बुझ्नु भो त  ?

प्रतिक्रिया