Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षामा सरुवा, योजनामा रिमाल

आइतबार, ०४ भदौ २०७४

काठमाडौं - मन्त्री भएको २ महिना पछि गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा गरेका छन् । मन्त्रालयको महत्वपूर्ण मानिएको योजना महाशाखामा डा. डिल्लि रिमालको सरुवा भएको श्रोतले जनाएको छ । यस अघि योजनामा रहेका बैकुण्ठ अर्याललाई अनुगमनमा सारिएको छ । यस अघिका मन्त्री धनिराम पौडेलले उनलाई योजनामा लगेका थिए ।

योजनामा मन्त्रीले आफू निकटका ब्यक्ति राख्ने चलन छ ।

रिमाल कार्यरत परीक्षा बोर्डमा शिक्षक सेवा आयोगका प्रशाशकीय प्रमुख लक्ष्मीराम पौडलको सरुवा भएको श्रोतले जनाएको छ । उनको ठाउँमा अनुगमनमा रहेका डा. तुलसी थपलियाको सरुवा गरिएको छ ।

प्रतिक्रिया