Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षा दिवसका अवसरमा राष्ट्रपतिद्धारा विभिन्न पदक प्रदान

शुक्रबार, २३ भदौ २०७४

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तहका ३ सय ५१ जना विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिन् । ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्र छात्राहरुलाई विद्याभुषण र पदक प्रदान गरेकी हुन् ।

जसमा ’क’ श्रेणीको नेपाल विद्याभुषण पदक २ सय १५ जनालाई, ’ख’ श्रेणीको नेपाल विद्याभुषण पदक ८२ जनालाई र ’ग’ श्रेणीको नेपाल विद्याभुषण पदक २८ जनालाई प्रदान गरिन् । नेपाल भित्रका विश्व विद्यालय, प्रतिष्ठान र परिषद्बाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई तथा नेपाल भित्रका विश्वविद्यालय, प्रतिष्ठान र परिषदबाट प्रमाणपत्र तह वा सो सरह तर्फ छात्रा मध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ३ जनालाई प्रदान गरिन् ।

दिवसका अवसरमा शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपतिद्धारा उक्त पदक वितरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्धारा विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारीको समेत उपस्थिती थियो ।

दिवसका अवसरमा   विभिन्न विद्यालयलाई वितरण गरिने पुरस्कार कार्यक्रम भने शिक्षा मन्त्रालयले अन्तिम समयमा आएर स्थगित गरेको छ । विद्यालय छनौटमा असहमती जनाउँदै परेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिए पछि मूल समारोह रोकिएको हो ।

प्रतिक्रिया