Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

स्थानीय निकायको प्राथमिकतामा सामुदायिक विद्यालय

सोमबार, ०२ असोज २०७४

नेपालगञ्ज - स्थानीय सरकारको योजनामा सामुदायिक विद्यालयको सृदृढिकरणलाई प्राथमिकता दिईने शिक्षा तथा स्थानीय निकायका प्रतिनिधिहरुले बताएका छन् । स्थानीय निकाय र शिक्षा विषयक अन्र्तक्रियामा सहभागीहरुले शिक्षा स्थानीय निकायको प्रमुख प्राथमिकताको विषय रहेको पनि बताए ।

एक्सनएड नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सार्वजनिक शिक्षालाई मजबुत पार्न गाउँपालिका अन्र्तगतको बजेटमा शिक्षाको बजेटमा विशेष ध्यान दिइएको बताए । ‘हामीले बनाएको बजेटमा शिक्षामा २० प्रतिशत सम्म बजेट तथा कार्यक्रमको योजना गरेका छौं ।’ कक्षपतिले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नगर सभाको तयारीमा रहेको जानकारी दिँदै शिक्षालाई आगामी नगर योजनामा प्राथमिकता दिईने बताईन् । ‘हामीले सबै वडाहरुसँग गरेको छलफलमा पनि शिक्षाको विषय प्राथमिकताको साथ उठेको छ’, उपप्रमुख थापामगरले भनिन् ‘हाम्रो जोड व्यवसायिक शिक्षाको प्रर्वद्धनमा रहेको छ ।’

बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर सावदले परिवतर्तित राज्यको संरचनामा शिक्षासम्बन्धि निकाय र स्थानीय सरकारबीचको तालमेल अझ महत्वपूर्ण रहेको बताए ।

कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले नगर योजनाले पनि सार्वजनिक विद्यालयको सुदृढिकरणको लागि आवश्यक योजना बनाएको जानकारी दिए ।

सामुदायिक विद्यालयमा शिक्षाको अधिकार प्रवद्र्धनका लागि गरिएका असल अभ्यासहरुको सिकाइ आदान प्रदान समेत गरिएको कार्यक्रममा सहभागीहरुले शिक्षाको गुणस्तर राम्रो बनाउन शिक्षक तथा शिक्षा कार्यालय जिम्मेवार हुनुपर्ने तर्क गरेका थिए ।

एक्सनएड नेपालका पश्चिमाञ्चल श्रोत केन्द्र संयोजक सरोज पोख्रेलले जनताले कर तिर्ने र मतदान गरी स्थानीय निकायका प्रतिनिधि चयन गर्ने भएकाले स्थानीय निकायले सार्वजनिक शिक्षाको प्रर्वद्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नोराडसँगको साझेदारीमा एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा शिक्षक, बालक्लवका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

गत सोमबार शुरु दुई दिने कार्यशालामा नवलपरासी, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जना भन्दा बढिको सहभागीता रहेको एक्सनएड नेपालगञ्जका एशोएिट कार्यक्रम अधिकृत विशाल रानामगरले जानकारी दिए ।

प्रतिक्रिया