Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

फैढोकामा पढाइ दिवस सम्पन्न

मंगलबार, ०३ असोज २०७४

भक्तपुर - भक्तपुरको फैढोका निमाविको प्रा.वि तहमा पढाइ दिवस २०७४ सम्पन्न भएको छ । विद्यालयको प्रा.वि तह र प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमको संयुक्त आयोजनामा कक्षा १,२ र ३ का विद्यार्थी, अभिभावक र विद्यालय प्रशासन बिच पढाइ दिवस मनाइएको हो ।

कार्यक्रममा प्रधानाध्यापक महावीर अमात्यले विद्यालयमा यस्ता कार्यक्रमको आयोजनाले गर्दा विद्यार्थीहरुलाइ सिक्ने अवसर मिल्ने र यस्ता किसिमका अवसरले विद्यार्थी र विद्यालयको गुणस्तरमा वृद्धि हुने बताए । उक्त कार्यक्रममा कक्षा १,२ र ३ का विद्यार्थीले सश्वरवाचन गरेका थिए ।

कार्यक्रममा गणेश मावि स्रोत केन्द्रका स्रोतव्यक्ति मञ्जु झाले पढाइप्रति उत्साह जगाउनका लागि गरिएको पढाइ दिवसलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले जादुको वाकस उघारेर कार्यक्रमको उद्घाटन गरेजस्तै गरी पढाइ दिवसले विद्यार्थीमा उत्सकुता र जिज्ञासा भर्ने काम गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थान समितिका अध्यक्ष केशरबहादुर खड्का तथा विव्यसका पूर्व अध्यक्ष तुल्सीनारायण लाखेमरुले विद्यालयको हितको लागि सबै पक्षले काम गर्नु आवश्यक रहेको बताए भने अभिभावक शिक्षक संघका अध्यक्ष धर्मेन्द्रराज भुजेल, टोल पढाइ समूहका अध्यक्ष उत्तम साखकर्मीलगायतले पढाइको महत्वबारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा टोल पढाइ समूह र विद्यालयले बनाएका विभिन्न पठन सामग्रीको पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया