Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

प्रादेशिक संरचनामा उच्च शिक्षा विषयक अन्तरक्रिया

विहीबार, ०५ असोज २०७४

काठमाडौं– नेपाल प्रगतिशील प्राध्यापक संगठन प्रदेश न. ६ को संगठन कमिटिले आयोजनामा  प्रदेश स्तरीय भेला, शुभकामना तथा “प्रादेशिक संरचनामा उच्च शिक्षा”  विषयक अन्तरक्रिया कार्यक्रम प्रदेश कमिटिका अध्यक्ष डा। हर्क बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यपत्र प्रस्तोता खड्काले भने , “कक्षा ८ सम्म आधारभूत शिक्षालाई सबैको पहुँच हुने गरी सबैको लागि शिक्षा स् सबैको लागि शिक्षालय को अवधारणा अनुसार हरेक बर्ग, समुदायका सबै प्रकृतिका बालबालिकाको पहुँच सुनिश्चित गर्ने नीति हरेक गाउँपालिका र नगरपालिकाहरूले अबलम्बन गर्ने, एक स्थानीय सरकार एक व्यवसायिक∕प्राविधिक शिक्षालयको अवधारणा अनुरूप माध्यामिक तहको शिक्षा अनिवार्य रूपमा श्रम शिक्षामा आधारित बनाउने र सबैको लागि उच्च शिक्षा होइन कि  बिज्ञता र विशिष्टतामा आधारित योग्य र दक्ष व्यक्तिहरूको लागि उच्च शिक्षा हुनुपर्छ ।”

कार्यपत्रमाथी टिप्पणी गर्दै सुर्खेत क्याम्पस (शिक्षा)का उप प्राध्यापक डम्बरबहादुर खत्रीले कार्यपत्रले प्रदेशको समग्र तथ्यांक सहित उच्च शिक्षाको पथप्रदर्शन गर्न खोजेको भए पनि विद्यालय शिक्षा र उच्च शिक्षाका अन्य कतिपय पक्षलाई समेट्न सके कार्यपत्र पूर्ण हुने दाबी गरे ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले हरेक विश्वविद्यालयको आफ्नै केन्द्रीय कमि हुने भन्दै अबदेखि पार्टीको मोर्चा संगठनमा रुपान्तरण हुन सक्ने संकेत गरे ।  संगठनले प्रदेश न. १ देखि थालनी गरेको प्रदेश भेला ६ न. प्रदेश सम्म आइपुग्दा प्रस्तुत कार्यपत्रले सांगठनिक सबलता र उच्च  शिक्षाको पक्षमा अमुल्य विचार र दृष्टिकोणहरू आएको भन्दै उक्त विचारहरू  नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्पतिको रूपमा रहने भन्दै कार्यपत्रको प्रशंसा गरे ।

त्यसै गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति समेत रहेका नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय सल्लहाकार प्रा।डा। उपेन्द्र कुमार कोइरालाले कार्यपत्रले स्पस्ट दिशा निर्देश गरेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय विश्वविद्यालय भएको र विश्वविद्यालयले प्रदान गर्न लागेका आंगिक क्याम्पसमार्फत प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने दाबी गरे ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेलले नेकपा एमालेले प्रदेश सरकार बनाउने दाबी प्रादेशिक संरचनामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय संघीय संरचनामा आबद्ध हुन सक्ने संकेत गर्दै विश्वविद्यालयले यो प्रदेशको लागि काम गर्नुपर्नेमा जोड दिए  ।

नेकपा एमाले सुर्खेतका पार्टी अध्यक्ष ध्रुव कुमार शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय नामले मध्यपश्चिमाञ्चल भएपनि यसले विश्वविद्यालयको ऐन नियमानुसार राष्ट्रिय रूपमा नै आफ्नो काम गर्न स्वायत्त भएको दाबि गर्दै कार्यपत्र अत्यन्त पठनीय भएको बताए ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका प्रदेश कमिटिका सहसंयोजक लिलाधर तिवारीको संचालनमा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष देउकाजी गुरुङ, उप(महासचिव चन्द्र प्रसाद ढकाल, केन्द्रीय सदस्य भिउसिं बुढा, प्रदेश कमिटि सदस्य आत्म प्रसाद उपाध्याय, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष तेजविक्रम बस्नेत, सुर्खेत क्याम्पस शिक्षाका एकाई अध्यक्ष दिपेन्द्र कुमार खत्री, हिमशिखर बहुमुखी क्याम्पस रामघाटका क्याम्पस प्रमुख धन सिंह खड्का लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त भेला तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश न.६ का १० जिल्लाका  करिब एक सय जना प्राध्यापकहरूको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया