Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

शिक्षकले नै किन पढ्ने ?

शनिबार, १४ असोज २०७४

पठन संस्कृति भनेको मानवमा नभई नहुने संस्कृति हो । हामी अहिले जुन स्थानमा छौ“ त्यसको श्रेय पठनपाठन संस्कृतिलाई नै दिनुपर्छ । यदि हामीले पठन संंस्कृतिलाई अगाडि नबढाएको वा पठन संस्कृति नै नभएको भए , आजपनि हामी त्यही ढुङ्गे युगमा हुन्थ्यौ“ होला । पठन संस्कृतिकै कारणले गर्दा हामी मान्छे भएका छौ“ । मान्छेमा संस्कार र संस्कृति छ त्यो पढाइको कारणले गर्दा सम्भव भएको हो । आज हामी असभ्यको स्थानबाट सभ्यताको स्थानमा आइपुगेका छौ“ पठन संस्कृतिले गर्दा नै हो । पठन संस्कृति भनेको किताब मात्रै पढ्ने होइन , कुनै पनि कुराको चिन्तन र मनन गर्ने , अभिलेख राख्ने भन्ने बुझ्छु ।

पढ्ने शिक्षकहरु पनि छन् र नपढ्ने शिक्षकहरु पनि छन् । यदि कोही शिक्षण पेशामा लाग्छ भने उसले अनिवार्य रुपमा पढ्नै पर्छ । शिक्षक भएर नपढ्ने हो भने त्यो विधामा उसलाई शिक्षक मान्न सकिन्न ।

शिक्षकको बानी कस्तो हुनु पर्छ भने बच्चाहरुलाई नया“ कुरा दिन पायो भने आत्मसन्तुष्ट प्राप्त भएको महशुस हुन सक्नु पर्छ । नया“ किताब किनेर पढिहाल्ने बानी बसाल्नु पर्छ । शिक्षकले समय अनुसार आफूलाई अपडेट गर्नको लागि भए पनि किताब त पढ्नै पर्छ र आफ्नो स्तरलाई बढाउनको लागि पनि शिक्षकमा पनि पठन संस्कृतिको विकास गर्न जरुरी छ । हरेक शिक्षकले चाहे उसले कलेजमा वा स्कुलमा जहा“ पढाए पनि किताब त पढ्नै पर्छ । शिक्षकले बच्चाहरुलाई पढायो सकियो त्यो हुनुहु“दैन । बालबालिकाहरु भनेको भविष्यको कर्णाधार हो र जो भविष्यको कर्णाधार हो उनीहरुलाई सिकाउनको लागि हामी शिक्षकले पहिला सिक्नु र पढ्नु जरुरी छ । त्यसकारण हामी शिक्षकले पढ्नैपर्छ, पठन संस्कृतिलाई पनि विकास गर्नैपर्छ ।

शिक्षकहरुले आफ्नो विषयवस्तुका किताबहरु बाहेक शिक्षास“ग सम्बन्धित  अन्य कुराहरु पनि थाहा पाउनै पर्छ । खाली विद्यार्थीको कपी जा“चेर उनीहरुलाई कोर्षका किताबहरु मात्रै पढाएर पनि हु“दैन । यसमा उनीहरुले पत्रपत्रिकाहरुमा वा भनौ“ न मिडियमा नै नया“ नया“ विषयवस्तुहरु आइरहेका हुन्छन् त्यसको विषयमा विज्ञ भई आफू पनि अपडेट भई बच्चाहरुलाई पनि अपडेट गराउने काम गनुपर्छ ।

यसमा शिक्षकहरुको भूमिका तथा योग्दान महत्वपूर्ण रहेको छ । कम्तीमा पनि दिनको एक घण्टा जति शिक्षकले समसायिक विषयमा विद्यार्थीलाई जानकारी दियो भने पनि लाभदायी हुने थियो । विद्यार्थीको ज्ञानको विकास तथा उनीहरुको पढाइप्रति रुचि जगाउनको लागि शिक्षकहरुको विशेष भूमिका रहेको हुन्छ ।

अहिलेको समय  पु“जिबादी सेरोफेरोमा रहेको छ । अहिले के विकृति छ भने  कलेज अथवा स्कुलमा पढायो तर पढ्ने बानी छैन । यसको लागि स्कुलमा  पनि लाइब्रेरीको उचित व्यवस्था हुनुप¥यो । विषयगत शिक्षकलाई कुन किताबमा के छ भन्ने कुरा थाहा पाउनु प¥यो । यदि शिक्षकले त्यो हिसाबमा गएको भए विद्यार्थीलाई सोही अनुसार अपडेट गर्न सकिन्थ्यो र अन्तत उनीहरुमा पनि राम्रो खालको किताब पढ्नुपर्छ भन्ने कुराको विकास हुन्थ्यो । त्यसैले शिक्षकहरुले पनि विद्यार्थीलाई यो किताबमा यो छ पढ्दाको फाइदाबारे मात्रै पनि ज्ञान दिन सक्यो भने , शिक्षकस“ग स“गै विद्यार्थीको पनि विकासमा मद्दत दिन्छ । घरमा सबैको परिवेशमा पठन संस्कृति नहुन सक्छ र संभव पनि छैन । त्यसैले विद्यार्थीलाई विद्यालयमा नै अनिवार्य पढ्न लगाइयो भने उनीहरुमा पठन संस्कृतिको विकास हुनसक्छ ।

कोर्षका किताब बाहेक अन्य किताब पढाउनको लागि बोझको रुपमा मान्ने गर्दछन् । शिक्षकको कर्तव्य भनेको एक त कोर्ष किताब उसले पढाउनै पर्छ,र अर्को कुरा भनेको लाइब्रेरीको किताब प्रयोग गरेर विद्यार्थीलाई बाहिरी ज्ञान दिनु उनीहरुको भूमिका जरुरी छ ।

पठन संस्कृतिको विकास गराउनको लागि विद्यालयमै पनि विभिन्न क्रियाकलाप गर्न सकिन्छ । विभिन्न क्षेत्रका जानकारहरुलाई बोलाएर उनीहरु मार्फत् पढ्नुु पर्छ भनेर भावना जगाउने काम पनि गर्न सकिन्छ ।
शिक्षकहरुले आफ्नो विषयको मात्र नभई बाहिरी अन्य कुराहरुमा पनि उसको सहभागीता निकै सक्रिय हुन आवश्यक रहेको छ । यो मात्र होइन कि नेपाली शिक्षकले मात्रै बाहिरी साहित्यिक कुरा पढेर विद्यार्थीलाई बाहिरी ज्ञान प्रदान गर्नुपर्छ । गणित पढाउने शिक्षकले पनि गणित विषयमा आएका नयाँ कुराहरुको बारेमा अपडेट हुन आवश्यक छ ।

कुनै पनि विषयलाई अलग राख्न सकिन्न । हरेक विषय एक आपसमा सम्बन्धित हुन्छ । जसको कारणले गर्दा गणित विषय पढाउने शिक्षकले गणितमा मात्रै विषयगत कुराहरु हेर्नुपर्छ भन्ने छैन उसले अन्य पुस्तकहरु पढ्नु जरुरी छ ।

शिक्षक भनेको स्कुलको सदस्य हो । उनीहरुलाई पनि किताब पढ्न जागरुक गराउनको लागि विद्यालयको पनि ठूलो भूमिका रहेको हुन्छ । त्यसको लागि स्कुलको लाइब्रेरीको वातावरण नै पढूँ पढूँ लाग्ने बनाउनु पर्छ । बजारमा चलेका किताबहरुको व्यवस्था मिलाउनुपर्छ । साथै नीति नियम पनि ल्याउन जरुरी छ । शिक्षक र विद्यार्थी दुवैलाई अनिवार्य बाहिरी किताब पढ्नकोे लागि प्रेरित गरेर उनीहरुले पढेका कुराहरुको मूल्याङ्कन गर्न सकियो भने सबैलाई किताब प्रति मोह जाग्न सक्छ । साथै पठन संस्कृतिको महत्वको बारेमा बेलाबेलामा परामर्श जस्ता कार्यक्रमहरु गराउन आवश्यक छ ।

शिक्षकको काम सिकाउने । सिकाउनका लागि पढ्नुपर्छ । नपढ्नेले सिकाउन त के आफू पनि सिक्दैन । शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । पढ्छन् पनि शिक्षकहरू जीवनभर । संसारका शिक्षकहरू रातोदिन पढ्छन् । आफू पढ्ेर आफ्ना शिष्यहरूलाई पढ्ने प्रेरणा दिन्छन् । यो शाश्वत हो । यही संस्कारले अहिलेसम्म शिक्षामा पढ्ने पढाउने काम गर्दै आएको छ ।

संसारले नपढेको कुरा शिक्षकले पढ्छ । प्राध्यापकले पढ्छ । वकिलले पढ्छ । लेखक, कवि र कलाकारले पढ्छ । समालोचकले पढ्छ । निर्देशकले पढ्छ । गायकले पढ्छ । वैज्ञानिकले पढ्छ । पढ्नेले पढेन भने त अचम्म हुन्छ । अपसगुन हुन्छ । आश्चर्य हुन्छ । संसारको आठौं आश्चर्य । त्यसैले शिक्षक भएर आठौं आश्चर्य भई सामान्य ज्ञानमा दरिनका लागि नपढ्ने नहोऔं । पढौं । खूब पढौं । अब पढौं । अहिले पढौं । आजै पढौं । सके प्रत्येक साता एकएकवटा किताब पढौं । नसके पनि महिनामा एउटा अवश्य पढौं । त्यो पनि नसके आफू सम्बद्ध शिक्षा क्षेत्रका पत्रपत्रिका पढौं । किनेर पढौं । खोजेर पढौं । मागेर पढौं । सापट लिएर पढौं । पढेर नपढेकाहरूसँग कुरा गरौं । तर लाग्ने कुरा गरौं । पानीजस्ता पातला कुरा नगरौं । किताब र पत्रिका पढ्नुमा आकासजमिन अन्तर छ । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । के चाहिएको हो ? छानौं र जानौं ।

अहिलेको युग तर्कको हो । भन्नेले जतातिर तर्क उतैतिर फर्क भनेका छन् । दर्शनको दाउन तर्क । राजनीतिको वीज तर्क । कलाको सुगन्ध तर्क । साहित्यको चुरो पनि तर्क । शिक्षाको मेरुदण्ड पनि तर्क । जोसँग तर्क छैन ऊ तुहिन्छ । सकिन्छ । सकिनु भनेको वैचारिक मृत्यु हो । कोही पनि बाँचीबाँची मर्न चाहदैन । जसरी पनि बाँच्नै चाहन्छ । यो मानिसको उत्कट चाहना हो ।

अहिले नपढे कहिले पढ्ने । अब नपढे कब पढ्ने ? सामान्य ज्ञानमा नदरियौं । बस्, खुसीले पढौंं । सुखी हुनका लागि पढौं । आनन्दको खोजीमा भए नि पढौं । परमानन्दको खोजीका लागि भए पनि पढौं । जोगी भए पनि पढौं । भोगी भए पनि पढौं । कसैले केही भन्छ कि भन्ने डर नमानौं । कुरा बुझौं । पढ्ने मानिससँग संसारै डराउँछ । बरू झुक्छ । बाँस नुहेझैँ ।

मानिस पढेरै ठूलो भा’को हो । यहाँ ‘ठूलो’ भनेको असल मानेमा हो । नपढी कोही पनि ठूलो हुँदैन । नपढेको मानिस रूपमा ठूलो भए पनि त्यो व्यक्तित्वमा सानो हुन्छ । पढेको मानिस रूपमा सानो भए पनि व्यक्तित्वमा ठूलो हुन्छ । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । मितभाषीहरू पढैया । मिष्ठभाषीहरू पढैया । त्यस्तै मृदुभाषीहरूमा पनि पढ्नेलेख्ने अतूल विशेषताहरू विद्यमान भएको हुन्छ । मानिस पढैया छ या छैन उसको एक झल्को अभिव्यक्ति वा एक हरफ लेखनबाटै पत्तो लाग्छ । परिभाषाको यो छनकलाई उसको पढ्नेलेख्ने गहना परक बानीले नै पाइन् हाल्छ । नपढ्ने मान्छे जतिसुकै बकबक गरेपनि उसको अज्ञान केही क्षणमै थाहा भैहाल्छ ।

भक्तपुर स्थित एक निजी स्कुलका प्रिन्सिपल बिजुक्छेँसँग गरिएको कुराकानीमा आधारित ।

प्रतिक्रिया