Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

ईआईको आठौं सम्मेलन

बुधबार, २५ असोज २०७४

काठमाडौं २५ असोज / संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेसन इन्टरनेसनल (ईआई) को एसिया प्रशान्त क्षेत्रीय आठौं सम्मेलन मंगलबार सुरु भएको छ ।

नेपालसहित विश्वका करिब ३५ मुलुकका शिक्षक, शिक्षालयका कर्मचारी र राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी सम्मेलनको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै स्थानीय तहबाट माध्यमिक तहको शिक्षाको व्यवस्थापन सुरु भएको बताए ।

उनले शिक्षकले शिक्षणका साथै समुदायस्तरमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेले पनि यदाकदा उनीहरूको कमजोर सिकाइ क्षमता तथा राजनीतिक संलग्नता हुँदा शैक्षिक गुणस्तरमा असर पर्ने गरेको टिप्पणी गरे ।

कान्तिपुरमा प्रकाशित खबर

प्रतिक्रिया