Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्रालय भित्रै नारावाजी र कोण सभा

शुक्रबार, २७ असोज २०७४

काठमाडौं - शिक्षा मन्त्रीलाई बहिस्कार गर्ने निर्णय गरेका ९ विद्यार्थी सँगठनका प्रतिनिधिले मन्त्रालयमै पुगेर मन्त्री विरुद्ध नारावाजी र कोण सभा गरेका छन् ।

भ्रष्ट शिक्षा मन्त्री राजिनामा दे, शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर, सटिईभिटिको सम्बन्धन खारेज गर, चिकित्सा शिक्षामा बढेको शुल्क फिर्ता गर लगायतका नारा लगाउँदै विद्यार्थीले विरोध जनाए ।

नारावाजी पछि मन्त्रालयमै कोण सभा गरेर उनीहरुले मन्त्रीका कृयाकलापले शिक्षा क्षेत्र तहस नहस भएको आरोप लगाए । उक्त कोण सभामा अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले सम्बोधन गरेका थिए ।
शिक्षा क्षेत्रलाई तहस नहस पारको भन्दै विद्यार्थी संगठनहरुले बिहीबार मात्रै मन्त्री गोपालमान श्रेष्ठलाई बहिस्कार गर्ने निर्णय गरेका थिए ।

शिक्षा क्षेत्रलाई तहसनहस पारेको र यसमा सच्चिनका लागि पटक पटक गरेको ध्यानाकर्षणको वास्ता नगरी कार्य जारी राखेकोले बहिस्कार कै निर्णय गर्न बाध्य भएको विद्यार्थी संगठनहरुको तर्क छ ।
खास गरी शिक्षा ऐनमा भएको संशोधनले योग्य शिक्षकलाई सेवा प्रवेशको ढोका बन्द गरेर सार्वजनिक शिक्षा ध्वस्त पार्न लागेको उनीहरुको आरोप छ ।

आफ्ना विरोधका गतिविधिको बारेमा सूचित गर्न मन्त्रालयमै पुगेर विरोध गरेको * अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए ।

'हामीले त मन्त्रीलाई बहिस्कार गरिसकेका छौं, तर हाम्रा मागका बारेमा मन्त्रालयलाई जानकारी होस् भनेर हामीले विरोध गरेका हौं' गौतमले भने, 'हाम्रा मागहरु ब्यक्तिगत लाभका लागि हैनन्, शिक्षा सुधारका लागि हो, त्यसैले मन्त्रालय यस विषयमा गम्भिर हुन जरुरी छ ।'

यस अघि संसदमा लामो समय छलफल हुँदा चुप बसेका विद्यार्थी संगठन संसदले ऐन पारित गरेपछि बल्ल विरोधमा उत्रिएका छन् । अहिले पनि उक्त ऐन प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेपछि उनीहरुले विरोधका गतिविधि बढाएका छन् ।

राजनीतिक दलहरुविचको बढ्दो ध्रुविकरणको प्रभाव विद्यार्थी आन्दोलनमा पनि देखिएको छ । यस अघि ऐन संशोधनको विरोध गरेको मन्त्री श्रेष्ठको दल काँग्रेस निकट विद्यार्थी संगठन यस पटक यो विरोधमा सहभागि छैन । 

पढ्नुहोस् : शिक्षा मन्त्रीलाई बहिस्कार, गठबन्धनको प्रभाव विद्यार्थी आन्दोलनमा पनि

* सच्याईएको - सं.

प्रतिक्रिया