Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थाई माग्छन् नि लै लै !

बुधबार, ०१ कार्तिक २०७४

काठमाडौं - हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थाई माग्छन् नि लै लै
दलको झोला बोकेर, दलकै नारा घोकेर
यिनले कस्तो शिक्षा बक्सिन्छन्

प्रस्तुत विषय सिस्नुपानी नेपालले प्रस्तुत गरेको देउसी कार्यक्रमको एक अंश हो । अस्थायी शिक्षक समस्या समाधानका नाममा प्रतिस्पर्धाको दायरा नै खुकुलो पारेर शिक्षा ऐनमा संशोधन भएको भन्दै चौतर्फी विरोध भईरहेका बेला सिस्नुपानीले पनि उक्त विषयलाई आफ्नो देउसी कार्यक्रममा समाबेश गरेको हो ।

दलको फेर समातेर अस्थायी शिक्षक बनेका अधिकाँश दलका कार्यकर्ता भएको भन्दै आलोचना हुँदै आएको छ । अस्थायी शिक्षक समस्या समाधान गर्न शिक्षा ऐनको आठौं संशोधनमा परीक्षा वा सुविधा मध्ये एक रोज्ने ब्यवस्था गरिएको थियो । तर, ऐन कार्यान्वयन गर्न छाडेर आफ्ना कार्यकर्ताको पक्षपोषण गर्दै सबै दल ऐनमा संशोधन गर्न राजी भएपछि अहिले उक्त विषय प्रति चौतर्फी आलोचना भइरहेको छ । उक्त कामको नेतृत्व गरेको भन्दै सिस्नुपानीले आफ्नो उेदसीमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पनि आलोचना गरेको छ ।

सिस्नुपानीको देउसीमा भ्रष्टाचारमा तानिएका आयल निगमका कार्यकारी गोपाल खड्कासँगै समान नाम धारी भन्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठ प्रति कटाक्ष गरिएको छ ।  

देउसीमा भनिएको छ :

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन्  

सिस्नुपानीको देउसीमा मेडिकल शिक्षामा भईरहेको बेथितीलाई पनि ब्यङ्य गरिएको छ ।

सरकार किन्न पार्टी किन्ने टियु किन्ने अन्सारी
अपार्टमेण्टलाई अस्पतालमा गरे नामसारी

मेडिकल माफियाले सरकार उठबस गराउँछन्
कारवाही गर्ने निकायलाई घाँस चराउँछन्

संघीयतामा कर्मचारी ब्यवस्थापनको विषय पनि सिस्नुपानीको विषय बनेको थियो । संघीयतामा शिक्षा मन्त्रालय अन्र्तगतका कर्मचारी ब्यवस्थापन पेचिलो बनेको छ । सिस्नुपानीको देउसीमा उक्त विषय यसरी समाबेश गरिएको छ ।

हाम्रो देशका कर्मचारी युनियनका अधिकारी नि लै लै
आफ्नो जागीर खाउ भन्दा, थानीयमा जाउ भन्दा
सरकारलाई नै ढाल्न कस्सिन्छन्

सिस्नुपानीले हरेक बर्ष तिहारका अवसरमा ब्यङ्ग्यात्मक देउसी प्रस्तुत गर्दै आएको छ । यस बर्ष ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ शिर्षकमा सिस्नुपानीले प्रज्ञा भवनमा कार्यक्रम प्रस्तुत गरेको हो । कार्यक्रमको अधिकाँश भाग पछिल्लो राजनीतिक अवस्थाका बारेमा केन्द्रित थियो ।

फोटो : केशव प्रसाद पुडासैनी, संस्थापक अध्यक्ष शहीद आदर्श क्याम्पस, भद्रवास काठमाडौं 

प्रतिक्रिया