Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

सुन्न नपरोस शिक्षक बढुवाको खबर !

मंगलबार, १४ कार्तिक २०७४

Tilak Kunwar

शिक्षकहरुको बढुवाको खबर सुन्न नपरोस भन्ने लाग्न थाल्यो। स्थायी भएको १४ वर्ष भन्दा बढी भैसक्यो तर बढुवा छैन । दरबन्दि अभावका कारण अहिलेसम्म एक पटक मात्र खुला २५% बढुवा विज्ञापन भयो र उक्त विज्ञापनमा १ जनाको वढुवामा ३ जनाले लिखित पास गरिएको थियौ तर मौखिकमा नाम निकाल्न सकिएन । फायल बढुवा कहिले साल विराएर हुन्छ तर जि.शि.अ.को पक्षपातपूर्ण मुल्याङ्कन अंक दिने परिपाटीले अगाडि आउनै दिदैन । उजुरी गरेर भएपनि अगाडि त जानै पर्यो भन्ने मनले मान्दैन। दरबन्दी धेरै भएका र राजधानी लगायत सुगम जिल्लाका साथीहरु दुईचोटी वढुवा भएर प्रथम श्रेणीमा र पछि नियुक्ती भएका साथीहरु पनि द्वितीय श्रेणीमा बढुवा भैसके । दुर्गम र पिछडिएको क्षेत्रका शिक्षकहरुको यो समस्यालाई वारम्वार उठाउदा पनि सुनुवाई हुदैन । शिक्षा नियमावली मार्फत यो समस्या समाधानका लागि प्रयास गरिएको थियो तर शिक्षा नियमावली नै संशोधन हुदैन । असमान दरबन्दी वितरणको मारमा धेरै दुर्गम तथा पिछडिएको क्षेत्रका शिक्षकहरु परेका छन्। स्थानीय तहमा शिक्षक व्यवस्थापन कार्यान्वयनमा लैजानु भन्दा पहिले यो समस्या लगायत अन्य अन्यायपूर्ण विभेदकारी नीतिको सुधार गरिनु पर्दछ । बढुवा हुनु हुने साथीहरुलाई हार्दिक बधाई छ ।

प्रतिक्रिया