Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

खुला विज्ञापनमार्फत प्राध्यापक नियुक्त गर्न माग

मंगलबार, २१ कार्तिक २०७४

भक्तपुर । नेपाल विद्यार्थी संघले खुला विज्ञापनमार्फत प्राध्यापक नियुक्त गर्न माग गरेको छ ।

उक्त माग राखी संघले सानोठिमीको शिक्षा क्याम्पसका प्रमुख र प्रशासनमा तालाबन्दी गरेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. २, मा रहेको  सो क्याम्पसमा तालाबन्दी सघले जनाएको छ । प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले तालाबन्दी गरेको नेविसंघ सानोठिमी क्याम्पस एकाइ सभापति एवं स्ववियु सानोठिमीका उपाध्यक्ष सतिश श्रेष्ठले बताए ।

नेविसंघले जारी गरेको विज्ञप्तिमा क्याम्पसलाई पार्टी कार्यकताको भर्ति केन्द्र बनाएको आरोप उल्लेख छ ।

विज्ञप्तिमा अनावश्यक रुपमा नियुक्त गरिएका आंशिक प्राध्यापकको नियुक्ति खारेज हुनुपर्ने र विभागीय प्रमुखको समन्वयमा आवश्यकतानुसार खुला विज्ञापनमार्फत आंशिक प्राध्यापक नियुक्त गर्न माग गरिएको छ । तालाबन्दीपछि क्याम्पसको पठनपाठन अबरुद्ध भएको छ भने प्रशासनिक कामहरु अलपत्र परेका छन् ।

 

प्रतिक्रिया