Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

विद्यार्थी आन्दोलन देख्दा अस्थायी शिक्षक छक्क परे

शुक्रबार, २४ कार्तिक २०७४

दिल कुमार स्याङ्गतान's Profile Photo, Image may contain: 1 person, sitting and indoor

दिल कुमार स्याङ्गतान

शिक्षक सेवा आयोगको केहि दोष छैन
हिजो मिति २०७४/०७/२३ गतेका दिन सयुक्त विद्यार्थी आन्दोलन देख्दा म छक्क परे।

कुनै पनि कानुन ब्यवस्थापिका संसदबाट बहुमतले पारित भएपछि त्यो राष्ट्रपतिसामु पुग्दछ ।सम्मानित राष्ट्रपतिले हस्ताक्षर गरेपछि प्रमाणीकरण भएको ठहर हुन्छ र त्यसले कानुनी बैधानिकता पाउछ।यसरी कानुन बनेपछि त्यसको कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नु उसको दायित्व वा जिम्मेवारीभित्र पर्दछ।यस्तो कानुनको पालन गर्नु हरेक नागरिकको कर्तव्य र दायित्व हो।

त्यसैले यसमा शिक्षक सेवा आयोगको केही पनि दोष नरहेको जानकारी गर्द्छु।

शिक्षक सेवा आयोगले दर्खास्त आव्हान गरेर हाम्रो जिम्मेवारी र दायित्व निभएको छ यसमा कसैले बिरोध गरे त्यो गलत हुने कुरा हो।सकिन्छ सरकार विरुद्ध एवं राष्ट्रपति विरुद्ध कदम चाल्न हाल आन्दोलनरत छुट अस्थायी करार शिक्षक संघर्ष समिति र सयुक्त विद्यार्थी आन्दोलन समितिलाई जानकारी गराउन चाहान्छु।अबको विकल्प भनेको राज्यमा शिक्षक दरबन्दी सिर्जना गर्नु हो ।किनकि विद्यार्थीको अनुपातमा पर्याप्त शिक्षक बिद्यालयमा छैनन् ।शिक्षकको अभावमा विद्यार्थीहरुले सिक्न सकिन्न।

गुणस्तर शिक्षाको निमित्त बिषयशिक्षक आवश्यक छ । प्रा।बि मा नियुक्ति भएको शिक्षकलाई मा ।बि तह पढाउन लगाएर हुदैन।मा।बि को लागि मा।बि।तहमा नै नियुक्ति भएको शिक्षक आवश्यक छ।त्यसैले मा।बि। तहको दरबन्दी सिर्जना गर्न आन्दोलन गरौं यसो गरे यस आन्दोलनमा मेरो साथै सम्पुर्ण शिक्षाप्रेमी र अस्थायी शिक्षकको पुर्ण समर्थन हुनेमा म बिश्वास दिलाउन चाहान्छु।

केन्द्रिय सदस्य दिल कुमार स्याङ्तान 
अस्थायी शिक्षक संघर्ष समिति

प्रतिक्रिया