Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

मास्टरको सरुवा पत्र

शनिबार, २५ कार्तिक २०७४

शिक्षक होऊन् या प्रअ, अनि अन्य कुनै मानिस । मानिसलाई आपतविपत पर्न सक्छ । त्यो बेलामा आफूले जस्तो व्यवहार, बोली गरिन्छ, त्यसका परिणाम पनि त्यही अनुसारकै हुनेमा दुईमत नहोला । भनिन्छ, जे रोपिन्छ, त्यही फल्छ, सिस्नो रोपेर तुलसीको अपेक्षा गर्नु मुर्खता हो । तर समाजमा भने यस्तो अपेक्षा गर्ने स्वभाव र प्रकृतिका मानिसहरुको कमी छैन । यस्तै मानिसको स्वभाव, चरित्र र प्रवृत्तिलाई चित्रण गरी भारतीय लुघकथाकार हरिशंकर परसाईले लेखेका थुप्रै लुघकथाहरुमध्ये एक हो, अनुशासन । यो लघुकथा ‘जस्तालाई तस्तै, ढिँदालाई निस्तै’ भन्ने उखानको सान्दर्भिकता निकट छ ।

एकजना सरकारी स्कुलमा शिक्षक थिए । शिक्षककी पत्नी बिरामी थिइन् । अस्पतालमा भर्ना गरेको थियो । यस्तो समयमा मास्टरको सरुवा पत्र आयो । शिक्षक निर्देशक महल मास्टरको घरअगाडिबाट निस्कँदा उनलाई सादर नमस्कार गर्थे । मास्टरले सोच्यो, निर्देशकलाई भन्यो भने अहिले मेरो सरुवा रोक्देलान् । उनको महल मास्टरको घरबाट देखिन्थ्यो । ऊ निर्देशकको घर गयो । बरन्डामा निर्देशकले सोधे, ‘ के कुरा छ ?’
–सर, एउटा बिन्ती गरौं कि
–भन ,
–मेरी श्रीमती अस्पतालमा साह्रै बिरामी अवस्थामा छे ।
–अनि ।
–मेरो सरुवा पत्र आयो ।
–अनि ?
–सर कृपा गरेर अहिले मेरो सरुवा थमौती गरिदिनुपर्यो ।
निर्देशक रिसाएर भने, तिमीलाई अनुशासनको नियम थाहा छ ?
तिमी सिधै मलाई मलाई भेट्न किन आयौ ? प्रपर च्यानबाट निवेदन दिनुपथ्र्यो । हेडमास्टरको लिखित अनुमतिासाथ मसँग भेट्नुपथ्र्यो । अब सरुवा थमौती हुँदैन । तिमीले अनुशासन भंग गरेका छौं ।
मास्टरले गाली खायो । आइन्दा यसरी सिधा भेट्न नआउने चेतावनी पायो । त्यसपछि मास्टरले दुई महिनाको छुट्टी लियो ।
एक साँझ निर्देशकको घरमा आगालागी भयो । वरिपरिका सबै छिमेकी आगो निभाउने लागे ।
मास्टर बरन्दाामा उभिएर हेरिरहेको थियो । आगो निभ्यो । धेरै नोक्सान हुन पाएन ।
अर्को दिन मास्टर निस्कँदा निर्देशक मूल ढोकामा उभिएको थियो । निर्देशकले भन्यो, मास्टरसाब, हिजो मेरो घरमा आगलागी हुँदा तपाइ त उभिएर हेरिरहनु मात्र भएको थियो, निभाउन आउनु भएन नि ।
मास्टरले बडो नम्रतापूर्वक भने, सर म विवस थिएँ । हेडमास्टर सहरबाहिर जानुभएको थियो । उनको लिखित अनुमतिविना कसरी आउनु ? तपाइँकहाँ आगो निभाउन प्रपर च्यानबाट आउनुपथ्र्यो नि ।

 

प्रतिक्रिया