Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

सोमबार, ०४ मंसिर २०७४

काठमाडौं ४ मंसीर / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिइनेछ ।

पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ । विद्यालयमै मतदान केन्द्र रहने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो । निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया